राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आज अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी सङ्ग्रहालय अवलोकन गर्न जानुभएको हो ।
आइतबर प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक दुई दशमलव ४० अङ्कले बढेर दुई हजार ७०६ दशमलव ३६ को बिन्दुमा कायम भएको हो। आज तीन सय १८ कम्पनीको दुई करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ५० करोड तीन हजार २६८ बराबरको कारोबार भएको छ।
स्पेनिस क्लब रियल म्याड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ ।
यस क्षेत्रमा मध्यविन्दु नगरपालिकामा रहेको कोल्हुवा प्रहरी चौकीले हेर्दै आएको छ।गाउँघरमा कुनै घटना भए प्रहरी चौकीबाट आउन निकै समय लाग्ने हुँदा पायक पर्ने स्थानमा प्रहरी चौकी स्थापना भएमा सहज हुने स्थानीयले बताएका छन्।
उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत आज यहाँको भरतपुर अस्पतालमा चिकित्सकले धर्ना दिएका छन् ।
गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठुलो वर्षा हुनुअघि नै बाँध निमार्ण गर्नेगरी नेपाली सेनालाई जिम्मा दिइएको बताउनुभएको छ ।
दाङमा प्रहरीले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ । दुर्लभ वन्यजन्तु बाघको छालासहित गढवा गाउँपालिका–६, खवरीबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–७, हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दा खेती गरेर वार्षिक एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् ।
एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य ४५ प्रतिशत सम्पन्न भएको छ ।
लहान नगरपालिकाको दुर्गम मानिने लहान नगरपालिका १६ तरेगनामा यसै वर्षदेखि बर्थिङ केन्द्र सञ्चालनमा आउने लहान नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
संसदीय समितिले बढ्दो बेरुजुले मुलुकको आर्थिक सुशासनमा ठुलो प्रश्न चिन्ह खडा गरेको जनाउँदै देशको समग्र विकास र समृद्धिका लागि सार्वजनिक वित्तको कुशल व्यवस्थापन अपरिहार्य भएको निष्कर्ष निकालेको छ ।
हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन आज काठमाडौँको बूढानीलकण्ठ मन्दिरमा भगवान् नारायणको पूजा आराधना एवं दर्शन गर्दै श्रद्धालु भक्तजन।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आज रूपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित एक समारोहकाबिच ४ सय ५१ जना अव्यवस्थित बसोवासीलाई जग्गाको पुर्जा वितरण गर्नुभएको छ ।