मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले भारी वर्षा हुन थालेपछि माटोको घरको तथ्याङ्क सङ्कलन सुरू गरेको छ । जलवायु परिवर्तनका कारण वर्षाका कारण माटो र ढुंगाले बनेको घरहरूको छाना चुहिने, जिर्ण घरहरू भत्किन थालेपछि बस्तीमा पुगेर जोखिमपूर्ण घरको पहिचान गर्न थालिएको हो ।
मादमे खोला जलविद्युत् आयोजनाको ३० लाखको सहयोग एवं मादी गाउँपालिका-१ र स्थानीय सरोकार भएका समितिको सहकार्यमा पदमार्गको स्तरोन्नति अघि बढाइएको हो ।
कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ ।
रूपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सामुदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई साइकल उपहार प्रदान गरेको छ ।
आइतबार चिकित्सकहरूले आ–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिएका छन् । नेपाल चिकित्सक सङ्घले उपभोक्ता अदालतको निर्णयको विषयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनको घोषण गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिनुभएको हो ।
जिल्लाका तीन वटा गाउँपालिकाका नौ वटा वडामा टेलिफेन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकाका ती वडाहरुका बस्तीमा टेलिफोन सेवा अवरुद्ध भए पछि समस्या भएको छ ।
आइतबार रियो डि जेनेरियोमा हुने ब्रिक्स नेताहरूको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अन्धाधुन्ध’ व्यापार शुल्कलाई अवैध र विश्वव्यापी अर्थतन्त्रलाई नोक्सान पुर्याउने जोखिम रहेको भन्दै निन्दा गर्ने अपेक्षा गरिएको छ ।
तनहुँको देवघाट–५ को तीन सामुदायिक वन उपभोक्ता समितिले जडीबुटी खेती सुरु गरेका छन् । मधुवन, चक्रवर्ती र रानीवन समूहले सुरु गरेका हुन् ।
नेपालका ट्राभल तथा टुर अपरेटरहरूको साझा संस्था सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोटो) नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । फारवेस्ट ट्राभल एन्ड टुर्स प्रालिका सञ्चालक तथा सुदूरपश्चिमका पर्यटन व्यवसायी मानबहादुर शाहीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका जोड्ने सिस्नेखोलामा बेलिब्रिज जडान कार्य सुरु भएको छ । अबको बढीमा चार दिन भित्रमा निर्माण कार्य पूरा हुने गरी बेलिब्रिज जडान कार्य सुरु भएको हो ।
ओखलढुङ्गामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा १४४ वटा सम्बन्धविच्छेदका मुद्दा ओखलढुङ्गा जिल्ला अदालतमा दर्ता भएका छन् ।
रामपुर नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालय सम्मानित भएको छ । उत्कृष्ट जिपिएसहित उत्तीर्ण ८७ जना विद्यार्थी र १२ विद्यालयलाई नगरपालिकाले सम्मान गरेको हो ।
राजधानी निवासी महिलाहरुको सौन्दर्य प्रतियोगिता क्यापिटल क्विन नेपाल २०२५ को ताज करुणा भुजेल श्रेष्ठले प्राप्त गर्नुभएको छ ।
बाँकेको बैजनाथ गाउँपालिकामा छोराले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । बैजनाथ गाउँपालिका–२ मकैवारी निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको शनिबार राति हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।