लमजुङको राइनास नगरपालिका–८, तार्कुघाटमा अपाङ्गता भएका ५३ जना व्यक्तिलाई सहायता सामग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालयको सहयोग र ग्रामीण अपाङ्ग समाज नेपाल राइनासको समन्वयमा सहायता सामग्री वितरण गरिएको हो ।
इस्लाम धर्मावलम्बीको पवित्र पर्व मोहर्रम आइतबार ताजिया सेलाएर सम्पन्न गरिँदैछ । दस दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने सो पर्वको आज अन्तिम दिन हो ।
साझा यातायातमा आबद्ध चालक, सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
कञ्चनपुरमा ६० प्रतिशतभन्दा बढी धान रोपाइँ सकिएको छ । असार पहिलो सातादेखि जिल्लामा कृषकहरूले धान रोपाइँ सुरु गरेकोमा हालसम्म ६० प्रतिशतभन्दा बढी खेतमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महेन्द्रनगर, कञ्चनपुरले जनाएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीले सर्वोच्च अदालतले आठ वर्ष नाघेका मुद्दा चालु वर्षमा सक्ने लक्ष्य राखेको बताउनुभएको छ । उहाँले आगामी वर्षदेखि पाँच वर्ष काटेका मुद्दा सर्वोच्चमा नराख्ने गरी काम गर्न लागिएको भन्दै यसअघि १० वर्षसम्मका मुद्दा सर्वोच्चमा रहँदा जनताले न्यायको अनुभूति गर्न नपाएको स्पष्ट पार्नुभयो ।
शिक्षा आर्जनका लागि प्रतिबन्धित राणाकाल हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपालको शिक्षा प्रणाली र विकासमा ठुलो परिवर्तन भएको छ । राजधानी काठमाडौँ मात्र नभई पोखरा, विराटनगर, चितवन, बुटवल जस्ता सहरसमेत शैक्षिक केन्द्र बनेका छन् ।
पहाडी जिल्लाहरूमा परम्परागत रूपमा दुध, दही, घ्यू जस्ता परिकार भण्डारण तथा प्रशोधनमा प्रयोग हुँदै आएको काठको ठेकी अहिले लोप हुने अवस्थामा पुगेको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिकाले लामो समयदेखि निजी विद्यालयको अद्यावधिक नगरिदिँदा नगरपालिकाका एक दर्जनभन्दा बढी विद्यालयको भविष्य अन्योलमा परेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनुभएको छ ।
मोरङको पथरीशनिश्चरे–१०, शिविरडाँडाबाट शनिश्चरे बजार गान्धी आश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग कालोपत्रे गर्न ठेक्का लागेको छ वर्ष हुन लाग्यो । सम्झौता अनुसार यो सडक नि
पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको इन्भर्ट बनाउने काम सकिएको छ । मुख्य सुरुङमार्गमा इन्भर्ट गर्ने काम सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाको कार्यालयले जनाएको छ । गत माघ ११ गते मुख्य सुरुङमार्ग छिचोलिएपछि सुरुङभित्र इन्भर्ट र लाइनिङको काम सुरु भएको थियो ।
सीमान्तकृत चेपाङ जातिको जीवनशैलीलाई जीवन्त बनाइराख्नका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले राष्ट्रिय चेपाङ सङ्ग्रहालय स्थापना गर्ने भएको छ । सङ्ग्रहालयका लागि गाउँपालिकाले आफ्नै लगानीमा भवन निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ ।
हुम्ला जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपनाका मापदण्ड पूरा गरेपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली बेलिब्रिजको उद्घाटन गर्न आइतबार हुम्ला आउँदै हुनुहुन्छ । काठमाडौँबाट हेलिकोप्टरमा प्रधानमन्त्री आज बिहान १० बजे हुम्लाको खार्पुमा आइपुग्नु हुने कार्यतालिका रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।
बालविवाह न्यूनीकरण गर्न पुरोहित तथा धार्मिक अगुवासँग अन्तर्क्रिया गरिएको छ । खलङ्गास्थित भेरी नगरपालिका–४ मा धार्मिक अगुवासँग गरिएको अन्तर्क्रियामा बालविवाहविरुद्ध अभिभावक सचेत नभएसम्म यस्तो समस्या आइरहने निष्कर्ष निकालिएको छ ।