राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ ।
करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारीले यस वर्ष सय हेक्टरमा धानको बीउखेती गरेको छ ।
देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको छ । देवघाट–५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले जिल्लामै पहिलोपटक चार रोपनी जग्गामा सर्पगन्धाको आठ हजार बिरुवा रोपण गरेको छ ।
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।
चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी ।
ठोरी गाउँपालिका–३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष पुग्दा पनि नागरिकता प्राप्त गर्न सकिरहनुभएको थिएन । यस्तो अवस्थामा उहाँले आफ्ना सन्तानको समेत नागरिकता बनाउन सकिरहनुभएको थिएन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
पश्चिम नवलपरासीका मुस्लिम समुदायले इस्लाम धर्मको महत्त्वपूर्ण पर्व मोहरम धुमधामका साथ मनाइरहेका छन् ।
सत्यवति गाउँपालिका–८ भार्सेका ५२ वर्षीय हरिप्रसाद बुढाथोकीले साउदी, कतार र मलेसिया गरेर २०/२२ वर्ष काम गर्नुभयो । सपनाका कारण उमेर खाडीमा बित्यो । गाउँमा आमा र बुढोघर । श्रीमती र छोराछोरी सहर झरे । सुगर, प्रेसर, अल्सर र निमोनियासँगै बर्सौदेखि लडिरहनुभएका बुढाथोकीलाई मिर्गौला रोगले दुई वर्षदेखि च्याँपिरहेको छ ।
काठमाडौँको कलङ्कीमा अवस्थित एलआरआई स्कुल विसं २०४४ सालमा स्थापना भएको हो ।
काठमाडौँको कुमारीगाल (चाबहिल) स्थित इलिक्सर एकेडेमी अब्बल नतिजा ल्याउने शैक्षिक संस्थामा पर्छ ।
राजधानी काठमाडौँका चोकैपिच्छे भएका विद्यालयको भिडमा विद्यार्थीका लागि आकर्षक विद्यालय बनिरहेको छ, काठमाडौँ बर्नहार्ट विद्यालय । भनिन्छ, राम्रो शिक्षा पहिलो गुण हो र यो मान्छे जन्मेदेखि नमरुन्जेल जीवनसँग जोडिएको हुन्छ ।
युग रूपान्तरण गर्ने क्षमता सबैमा हुँदैन । इतिहासको संश्लेषण गर्न सक्ने बिरलै साहसीले वर्तमानको पदचाप पहिल्याउँदै भविष्यको दिशा निर्देश गर्ने हिम्मत राख्छन् । तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ को निरङ्कुश स्वेच्छाचारी कुशासन लादेपछि अन्धकार छायो । देश काराबासमा परिणत भयो । नागरिकका सम्पूर्ण स्वतन्त्रता बन्धक भए । प्रेस स्वतन्त्रताको प्राणवायुको नामोनिसान रहेन । सशस्त्र विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को हिंसात्मक दशकले मुलुक थिलथिलो थियो
विधिको सर्वोच्चता लोकतन्त्रको एउटा महìवपूर्ण विशेषता हो । लोकतन्त्रको यो विशेषताले नागरिकका बिचमा समान धारणा राख्ने राज्य प्रणालीको अपेक्षा गरिरहेको हुन्छ । विधि बनाएर सभ्य समाज निर्माणको चाहना पनि बोकिरहेको हुन्छ । नागरिक बराबरी छन् र उनीहरूको बस्ती (समाज) सभ्य, भद्र र थितिसहित क्रियाशील हुन्छ भन्ने विधिको शासनको अन्तर्य हो । समाजको अगुवाइ गर्ने नेताहरू हुन्छन्, त्यहाँ राज्यका संरचना पनि हुन्छन् । ती संरचना सञ्चालनका लागि अधिकारी तोकिएका प
भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै घरको चार जना सदस्यको निर्मम हत्या भएको छ ।