• २२ असार २०८२, आइतबार

गुणस्तरीय शिक्षाका लागि बर्नहार्ट

blog

राजधानी काठमाडौँका चोकैपिच्छे भएका विद्यालयको भिडमा विद्यार्थीका लागि आकर्षक विद्यालय बनिरहेको छ, काठमाडौँ बर्नहार्ट विद्यालय । भनिन्छ, राम्रो शिक्षा पहिलो गुण हो र यो मान्छे जन्मेदेखि नमरुन्जेल जीवनसँग जोडिएको हुन्छ । गुणस्तरीय शिक्षाबिना जीवन अन्धकार जस्तै हुन्छ । यी र यस्तै विषयलाई आत्मसात् गर्दै अगाडि बढिरहेको छ, काठमाडौँ बर्नहार्ट विद्यालय । २०५७ सालमा स्थापना भएको यस विद्यालयले ‘मेहनतका साथ आफ्नो करिअर सुरु’ भन्ने नारालाई आफ्नो मूलमन्त्र बनाएर अध्यापन गराउँदै आएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका झन्डै तीन हजारको सङ्ख्यामा विद्यार्थीले यस विद्यालयमा अध्ययन गरिरहेका छन् । यस संस्थाले विद्यालय तहको मात्र नभई विद्यालय तहमा समेत अध्ययन गराउँदै आएको छ । संस्थाले स्कुलतर्फ नर्सरीदेखि कक्षा १० सम्म, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी समूहको पढाइ सञ्चालन गरिरहेको छ । साथै स्नातक तह अन्तर्गत बिबिएस, बिए, बिबिएम, बिसिए, बिएस्सी सिएसआइटी र स्नातकोत्तर तह अन्तर्गत एमबिएसको पढाइ सञ्चालन गरिरहेको छ ।