• २२ असार २०८२, आइतबार

विश्वस्तरीय शिक्षा दिँदै एलआरआई

blog

काठमाडौँको कलङ्कीमा अवस्थित एलआरआई स्कुल विसं २०४४ सालमा स्थापना भएको हो । गुठी अन्तर्गत सञ्चालित यस स्कुलले स्थापना कालदेखि नै विद्यार्थीको समग्र विकासमा ध्यान दिँदै आएको छ । यस स्कुलमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन सङ्कायमा पढाइ हुन्छ । स्वच्छ शैक्षिक वातावरण रहेको यस संस्थामा दक्ष र शिक्षा क्षेत्रमा अनुभवी व्यक्तिको संलग्नता रहेको छ । विद्यार्थीलाई विश्वस्तरीय शिक्षा दिने मूल मन्त्र बोकेर स्थापना भएको यस विद्यालयमा सैद्धान्तिक र व्यावहारिक दुवै पक्षलाई ध्यान दिएर पढाउने गरिएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय एवं सहकार्यमा संस्थाले आफ्ना विद्यार्थीलाई कसरी अतिरिक्त क्रियाकलापमा दक्ष बनाउने भन्नेमा विद्यालय सदैव सचेत छ ।