माध्यमिक शिक्षा परीक्षा (एसइई) को परिणाम प्रकाशित भएसँगै निजी विद्यालयमा विद्यार्थी भर्ना गर्ने लहर चलेको छ । विद्यार्थीलाई आकर्षण दिन कक्षा ११ र १२ को पढाइ हुने कतिपय निजी विद्यालयमा पौडी पोखरी, बक्सिङ क्लब आदि मात्रै नभएर बारको समेत व्यवस्था गरिएको छ ।
नेपाल बार काउन्सिलको आयोजनामा बागलुङ बजारमा सञ्चालित एक साता लामो फौजदारी कानुन विषयक तालिम सकिएको छ । असार १६ गतेदेखि सुरु भएको तालिममा साविकको धौलागिरि क्षेत्रका चालिस कानुन व्यवसायीलाई २१ वटा कक्षा सञ्चालन भएको थियो ।
आजभन्दा १५८ वर्षअघि भोजपुर जिल्लाको मझुवाबेँसीमा जन्मिएकी योगमाया नेपालको नारी जागरणका साथै धार्मिक, सामाजिक र साहित्यिक क्षेत्रकी ख्यातिप्राप्त व्यक्तित्व हुन् । योगमाया कौडिण्य गोत्र र न्यौपाने थर भएका ब्राह्मण परिवारका श्रीलाल र चन्द्रकला न्यौपानेकी छोरी हुन् ।
योगमायाको समाज सुधारको आन्दोलनका बारेमा आजसम्म भएका सबै खोज अनुसन्धान र पैरवीहरू केही सामाजिक अभियन्ता तथा लेखक पत्रकारका निजी प्रयास हुन् । योगमायाको आन्दोलन, उनको भूमिका र योगदानका बारेमा सङ्गठित, व्यवस्थित वा विधिसम्मत अध्ययन तथा अभिलेखीकर
नेपाली सेनाले २४ वर्षदेखि प्रयोग गर्दै आएको मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रको करिब २० रोपानी जग्गा फिर्ता गरेको छ ।
बेनी नगरपालिका ४ सिंगाको सुर्केमेलामा क्रिकेट मैदान निर्माणको सम्भावना अध्ययनका लागि सामूहिक रुपमा पहल थालनी भएको छ ।
यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ साहित्यकार मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई प्रदान गरिएको छ ।
कला, संस्कृति र मौलिक परम्पराले भरिपूर्ण जुम्लाका परम्परागत चलनले समाजमा आफ्नै पहिचान बनाएका छन् । समयक्रमसँगै यस्ता मौलिक पहिचान हराउँदै गइरहेका छन् । यस्तै हराउने अवस्थामा पुगेको छ, बालो नाच ।
सहिद शुक्र माध्यमिक विद्यालय परिसरमा शनिबार कला शिक्षकको सहभागितामा ‘कला कार्यशाला’ सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा र बिक्रीदर १३६ रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामा नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय सञ्चालनमा आएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाले रैथाने काला नमक धान खेतीको सुरु गरेको छ । थारू समुदायले पाहुना वा विशेष अतिथि घरमा आउँदा भात खुवाउन प्रयोग गरिने ‘कालानमक’ धान लोप हुँदै गएपछि नगरपालिकाले यसको संरक्षण र प्रवर्धनको सुरुवात गरेको हो ।
रुपन्देहीमा धेरै दिनदेखि ठुलो पानी नपर्दा रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको छ । असार पहिलो साता ठुलो पानी परे पनि त्यसयता ठुलो पानी परेको छैन । पहिलो साता परेको पानीमा रोपाइँ गरेका किसानको खेत अहिले पानी नपरेकै कारण चिरा पर्न थालेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या जटिल बनेको बताउनुभएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।