• २२ असार २०८२, आइतबार

नतिजामा अब्बल इलिक्सर एकेडेमी

blog

काठमाडौँको कुमारीगाल (चाबहिल) स्थित इलिक्सर एकेडेमी अब्बल नतिजा ल्याउने शैक्षिक संस्थामा पर्छ । यस एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पनि शतप्रतिशत नतिजा ल्याएको छ । एकेडेमीबाट एसइईमा ३८ जना विद्यार्थी सहभागी भएकोमा १८ जनाले चार जिपिए ल्याएका हुन् । बाँकी विद्यार्थी २० जनाले पनि ३.७३ जिपिएभन्दा माथि नतिजा ल्याएको विद्यालयले जनाएको छ । एसइईमा राम्रो नतिजा ल्याउन आफूहरूले कक्षा ८ देखि नै मेहनत गर्ने गरेको विद्यालयको भनाइ छ । विद्यालयले कक्षा ११ र १२ मा पनि यही पद्धतिबाट पठनपाठन गराउने गरेको छ । विद्यालयका प्राचार्य रविन दाहालका अनुसार विद्यार्थीलाई धेरैभन्दा धेरै अभ्यास गराइन्छ । लेखन कला सिकाइन्छ । जसको परिणाम परीक्षाको नतिजाले पनि देखाएको छ । विद्यार्थीलाई सैद्धान्तिक र व्यावहारिक दुवै तरिकाबाट पढाइन्छ । दक्ष शिक्षक, सुविधासम्पन्न भौतिक संरचना यस विद्यालयको मुख्य विशेषता हो ।