तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको गौ संरक्षण केन्द्र धार्मिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गइरहेको छ ।
हन्ट, संयुक्त राज्य अमेरिका, असार २२ गते । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् । मध्य टेक्सासमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर) ले बढेको थियो ।केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठुलो सङ्ख्यामा मानवीय हताहत भएको हो ।बाढीप्रभावित क्षेत्रका शेरिफ ल्यारी लेइथाले भन्नुभयो, “हामीले केर काउन्टीमा ४३ जना मृतकलाई उद्धार गरेका छौँ । तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन् ।” अन्य काउन्टीहरूमा पनि बाढीको असर परेको र धेरै पीडितहरू फेला परेका छन् । बाढीका कारण अहिलेसम्म (आइतबारसम्म) मृत्यु हुनेहरूको सङ्ख्या ५० पुगेको छ । टेक्सास डिपार्टमेन्ट अफ इमर्जेन्सी म्यानेजमेन्टका प्रमुख निम किडले वायु, स्थल र जल सेनाले ग्वाडालुप नदीको किनारमा बेपत्ताहरूको खोजी कार्य जारी राखेका छन् । उहाँले भन्नुभयो, “बेपत्ता भएका सबै नभेटिँदासम्म उनीहरूको खोजी जारी रहने छ ।”टेक्सासका गभर्नर ग्रेग एबोटले आफूले राज्यको विपद् घोषणालाई विस्तार गरिरहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थप सङ्घीय स्रोतको अनुरोध गरिरहेको बताउनुभएको छ । उपराष्ट्रपति जेडी भान्सले शनिबार उक्त विपत्तिलाई ’नबुझिने खालको त्रासदी’ को संज्ञा दिनुभएको छ । ठुलो मानवीय क्षति टेक्सास राज्यको सार्वजनिक सुरक्षा विभागका निर्देशक फ्रिम्यान मार्टिनले लगातारको भारी वर्षाका कारण उद्धारकर्ताका लागि अवस्था चुनौतीपूर्ण बनेको बताउनुभयाे ।मार्टिनले यस विपत्तिलाई ‘सामूहिक हताहतको घटना’ भन्नुभएको छ । राज्य र स्थानीय अधिकारीहरूले नदीको किनारमा अवस्थित याम्प मैदानहरूसहित दर्जनौं सडक क्षेत्रमा यात्रा गर्ने बासिन्दाहरूलाई चेतावनी दिएका छन्।सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा १२ फिटसम्मको भारी वर्षाका कारण आएको बाढीले घर र रूखहरू बगाएको देखाइएको छ जुन केर काउन्टीको औसत वार्षिक वर्षाको एक तिहाइ हो । रासस/एएफपी
सप्तरीको भारदह-हनुमाननगर राजविराज सडक खण्ड अन्तर्गत तिलाठी कोइलाडी-७, मंसापुर सडक खण्डमा स्थानीयले बिहानैदेखि चक्काजाम गरेका छन् ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आइतबार टोकियोले राष्ट्रपति डोनाल्ड ट्रम्पको जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्कीलाई टार्न खोजिरहेको छ भन्दै वासिङ्टनसँग वार्तामा ‘सजिलै सम्झौता’ नगर्ने बताउनुभएको छ ।
नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा हिमाली जिल्ला रसुवाको पुरानो एक विद्यालयले सुविधासम्पन्न भवन पाउने भएको छ ।
भारतको दक्षिण–मध्यभागमा अवस्थित तेलङ्गना राज्य सन् २०१४ जुन २ मा जन्मिएको हो । त्यहाँका २९ मध्ये कान्छो यस प्रदेशले स्थापनाको छोटो समयमै हासिल गरेको विकास र त्यसको गति धेरैका लागि प्रेरणाको विषय बनेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गु रोगको सङ्क्रमण फैलिइसकेको छ । महाशाखाले यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी सङ्क्रण हुने चेतावनीसहित सतर्कताका लागि अनुरोध गरिरहेको छ ।
बाजुराको त्रिवेणी नगरपालिका वडा–२ चौसालबासीको घरको आँगनमै खानेपानी पुगेपछि यहाँका स्थानीयबासी हर्षित भएका छन् ।
यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनदेखि वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताउनुभएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले भारी वर्षा हुन थालेपछि माटोको घरको तथ्याङ्क सङ्कलन सुरू गरेको छ । जलवायु परिवर्तनका कारण वर्षाका कारण माटो र ढुंगाले बनेको घरहरूको छाना चुहिने, जिर्ण घरहरू भत्किन थालेपछि बस्तीमा पुगेर जोखिमपूर्ण घरको पहिचान गर्न थालिएको हो ।
मादमे खोला जलविद्युत् आयोजनाको ३० लाखको सहयोग एवं मादी गाउँपालिका-१ र स्थानीय सरोकार भएका समितिको सहकार्यमा पदमार्गको स्तरोन्नति अघि बढाइएको हो ।
कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ ।
रूपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सामुदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई साइकल उपहार प्रदान गरेको छ ।
आइतबार चिकित्सकहरूले आ–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिएका छन् । नेपाल चिकित्सक सङ्घले उपभोक्ता अदालतको निर्णयको विषयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनको घोषण गरेको थियो ।