भाेजपुर नगरपालिका–२, हेलौछाका राजेन्द्र राईले रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानी ससुरालीको चार सदस्यको चक्कु प्रहार गरी हत्या गरेका छन्।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिले ५ दिनको अल्टिमेटम दिएको छ ।
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार जोगाउन गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ।
कैलालीको घोडाघोडी नगरपालिका-४, माघी होमस्टेमा चार वर्ष पहिले निर्माण सम्पन्न भएको सङ्ग्रहालय भवन बाटोको निकास नभएपछि सञ्चालनमा समस्या भएको छ ।
नेपाल राष्ट्र बैँकका गभर्नर डा. विश्वनाथ पौडेलले समस्या भएका क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ मौद्रिक नीति आउने बताउनुभएको छ ।
विराटनगर किंग्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सन्दीप लामिछानेसहित पाँच खेलाडीलाई रिटेन गरेको छ ।
स्वतन्त्र अनुसन्धान नहुनाको कारण सरकारले गरेका राम्रा कार्यहरू जनतासमक्ष नपुगेको अवस्थामो सम्बद्ध पक्षहरूको ध्यानाकर्षण गर्न यस्ता अनुसन्धानले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आज अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी सङ्ग्रहालय अवलोकन गर्न जानुभएको हो ।
आइतबर प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै रासायनिक मल वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक दुई दशमलव ४० अङ्कले बढेर दुई हजार ७०६ दशमलव ३६ को बिन्दुमा कायम भएको हो। आज तीन सय १८ कम्पनीको दुई करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ५० करोड तीन हजार २६८ बराबरको कारोबार भएको छ।
स्पेनिस क्लब रियल म्याड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ ।
यस क्षेत्रमा मध्यविन्दु नगरपालिकामा रहेको कोल्हुवा प्रहरी चौकीले हेर्दै आएको छ।गाउँघरमा कुनै घटना भए प्रहरी चौकीबाट आउन निकै समय लाग्ने हुँदा पायक पर्ने स्थानमा प्रहरी चौकी स्थापना भएमा सहज हुने स्थानीयले बताएका छन्।