काठमाडौं, असार २२ गते । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्वाचित निर्वाचित हुनु भएको छ ।
यसैगरी, दिपक शर्मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ । त्यस्तै, सुजाता केसी सहमतिमा उपाध्यक्ष साथै सनम कठायत निर्विरोध महासचिव पदमा निर्वाचित हुनुभएको छ। रिता के सी सचिव सहमतिमा तथा बेनिश पौडेल महिला सचिव, प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, मनोज परियार, वीरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिमसिना, प्रमोद डि जी र प्रज्वल राज भट्ट सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
१७ सदस्यीय कार्य समितिमा बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले चयन गर्नेछ। संस्थाका संस्थापक सल्लाहकारहरु राजु सिंह,डा. टिका भन्डारी, माधवराज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गीतकार डा. ओम कृष्ण प्रसाईं, बि बी थापा, राजेन्द्र लुइटेल लगायतका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष थापाले गीत संगीतको विकृति विसङगति नियन्त्रणमा कटिबद्ध भएर लाग्ने बताउनु भयो।
साथै प्रतष्ठानका नवनिर्वाचित महासचिव सनम कठायतले पछिल्लो समय कलाकर्मीहरुमा बढेको नैराश्यतालाई सम्बोधन गरी श्रष्टाहरुको स्वास्थ्य प्राथमिकतामा राखेर कार्यक्रम थालनी गर्ने र श्रष्टाहरुको स्वास्थ्य विमा लगायतका सामाजिक कार्यहरुमा संस्थाले ठोस पहल गर्ने प्रतिवद्दता ब्यक्त गर्नुभयो।
निवर्तमान अध्यक्ष राजेन्द्र बजगाईले नवनिर्वाचित कार्यसमितिले रचनात्मक कामहरु गर्नेमा आशावादी रहेको बताउनुभयो ।