काठमाडौँ, असार २२ गते । स्पेनिस क्लब रियल म्याड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मेटलाइफ रङ्गशालामा आइतबार बिहान भएको खेलमा रियलले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई ३–२ गोलले हरायो । रियलको जितमा गोन्जालो गार्सियाले १०औँ, फेरान गार्सियाले २०औँ र केलियन एमबाप्पेले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्नुभएको थियो ।
यस्तै डर्टमन्डका लागि म्याक्सिमिलियन बेयर र सेरहोस गुइरासीले दोस्रो हाफको इन्जुरी समयमा गोल फर्काउनुभएको थियो । रोचक खेलको इन्जुरी समयमै डिन हुइजसेन रातो कार्ड पाँदै बाहिरिएपछि रियलले १० खेलाडीमा खेल सकेको थियो ।
यस्तै अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जर्मन क्लब बायर्न म्युनिखलाई २–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको छ ।
मर्सिडिज बेन्ज रङ्गशालामा भएको खेलमा पिएसजीलाई जिताउन डिसिरे डुएले ७८औँ र ओस्माने डेम्बेलेले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो ।
यससँगै क्लब विश्वकपको सेमिफाइनल सेमकिरण पूरा भएको छ । सेमिफाइनलमा रियलले पिएसजी तथा ब्राजिलको फ्लुमिनेन्स एफसी र इङ्लिस क्लब चेल्सीबिच प्रतिस्पर्धा हुनेछ । एजेन्सी