ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोशी–मरिण डाइभर्सन बहुद्देश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउने बताउनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा र बिक्रीदर १३६ रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले वित्त नीतिबाट निर्देशित कार्यक्रमलाई सघाउने गरी मौद्रिक नीति तयार हुने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आइतबार राजधानीमा आयोजित ‘प्री मनिटरी’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वित्त नीति र मौद्रिक नीतिबिच उचित समन्वय गरिने बताउनुभएको हो ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका–१, हात्तीखर्कका सञ्जीव कटुवालले चार वर्षअघि आठ वटा उन्नत जातका गाई पाल्न थाल्नुभयो । साथीभाइ विदेश गइरहँदा कटुवाल भने स्वदेशमै गाईपालनमा लागेर दुग्ध पदार्थ उत्पादनमा लाग्नुभयो । केही वर्ष व्यवसाय रामै्र चल्यो, दैनिक १५० लिटरसम्म दुध बेचेको उहाँले सुनाउनुभयो । अहिले भने उहाँलाई यो पेसा निल्नु न ओकल्नु भएको छ ।
शिक्षक बढुवाको विषयमा सहमति नजुट्दा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक उपर छलफल रोकिएको छ । आइतबार समितिको बैठक बसे पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमा समावेश गर्नुपर्ने विषयमा सरोकारवालासँग थप छलफल गर्नुपर्ने बताउँदै केही दिन समय दिनुपर्ने बताउनुभएको थियो तर समितिका अन्य सदस्यले भने बैठक बोलाउने तर सरकारको तर्फबाट सधैँ छलफल मात्रै गर्नुपर्ने भन्दै बैठक स्थगित गर्न माग गरेको भन्दै आपत्ति जनाउनुभएको थियो ।
नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्विप नमान्ने बताउनुभएको छ ।
उपसभामुख इन्दिरा राना मगरले महिला आन्दोलनकी अग्रणी अभियान्ता योगमायाको योगदान नेपालको मात्रै नभई विश्वकै इतिहासमा अतुलनीय रहेको बताउनुभएको छ ।
एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
विभिन्न राजनीति दलका नेताले राज्यका सबै संरचनामामा दलित समुदायको जनसङ्ख्याका आधारमा समान सहभागिता हुनुपर्ने माग गरेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन अत्याधुनिक भवनको आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निरीक्षण गर्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले भवन निर्माणस्थलको अवलोकनसँगै हालसम्म भएका प्रगतिविवरणबारे जानकारी लिनुभयो ।
रुकुमपश्चिमको चौरजहारीबाट एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।चौरजहारी नगरपालिका –१४ की धर्मिला बिकको उद्धार गरिएको हो ।
रुपन्देहीको कञ्चन गाउँपालिकाका ४५१ जना परिवारले एक साथ लालपुर्जा प्राप्त गरेका छन् ।
सभामुख देवराज घिमिरेले गीतसङ्गीत नागरिकको मन, मुटु छुने क्षेत्र भएको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार पछिल्लो ३० दिनमा मनसुनजन्य विपद्बाट पाँच सय ११ परिवार प्रभावित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइने बताउनुभएको छ । उहाँले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापाररिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गर्दैलैजाने बताउनुभयो ।