काठमाडौँ, असार २३ गते । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा र बिक्रीदर १३६ रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५९ पैसा र बिक्रीदर १६१ रुपियाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपियाँ १५ पैसा र बिक्रीदर १८६ रुपियाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ७० पैसा र बिक्रीदर १७२ रुपियाँ ४६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ३४ पैसा र बिक्रीदर ८९ रुपियाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २२ पैसा र बिक्रीदर १०० रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ९८ पैसा र बिक्रीदर १०७ रुपियाँ ४५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३६ पैसा र बिक्रीदर ३६ रुपियाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३० पैसा र बिक्रीदर ३२ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०१ पैसा र बिक्रीदर १० रुपियाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २६ पैसा र बिक्रीदर १४ रुपियाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३७ पैसा र बिक्रीदर १७ रुपियाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ १६ पैसा र बिक्रीदर ४४९ रुपियाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपियाँ २४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ५९ पैसा र बिक्रीदर ३५६ रुपियाँ १५ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस