कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत बनाउने गरी आवश्यक प्रबन्ध गरिदिन नेपाल राष्ट्र बैकलाई आग्रह गर्नुभएको छ ।
वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ ।
प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार निवासी प्रेम शाक्य पुरस्कृत हुनुभएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शाक्यलाई आइतबार एक कार्यक्रमबीच सम्मान तथा पुरस्कृत गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
श्रम, सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी आइतबार सम्पन्न भएको छ ।
यहाँको जिल्ला अस्पताल स्थापनाको ३३ वर्षपछि १५ शय्याबाट ५० शय्यामा विस्तार गरिएको छ । कोशी प्रदेश सरकारले गत जेठ १२ मा स्तरोन्नति गर्ने निर्णय गरेपछि आज कोशी प्रदेश सरकारका स्वास्थ्य एवं भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सेवा शुभारम्भ गर्नुभएको हो ।
बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि छलफल जारी राख्ने कार्यसूची छ ।
पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको सङ्गठन (ओपेक) र यसका साझेदारहरू मिलेर बनेको समूह ‘ओपेक प्लस’ ले शनिबार एक भर्चुअल बैठकमार्फत आगामी अगस्ट महिनादेखि दैनिक पाँच लाख ४८ हजार ब्यारेल कच्चा तेल उत्पादन बढाउने निर्णय गरेको छ ।
गत साता सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बुटवलका ४० जना विद्यार्थीले चार जिपिए ल्याउन सफल भए । जानकारका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । त्योभन्दा तल्ला ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थी बुटवलमा ठुलो सङ्ख्यामा छन् । यो तथ्याङ्कबाट पुष्टि हुन्छ कि बुटवल अब बिस्तारै शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको ह्वाइट हाउस भ्रमणको पूर्वसन्ध्यामा गाजामा युद्धविराम र बन्धक मुक्त सम्झौता वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल आइतबार दोहामा पुग्ने अपेक्षा गरिएको छ ।
श्चिम नवलपरासीको सरावल गाउँपालिकामा भूमि व्यवस्थापन कार्य द्रुत गतिमा अघि बढिरहेको छ ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ को रेक्चागाउँ पुग्ने तीन वटा सडक बर्खायाममा बन्द हुँदा नाकाबन्दीकै अवस्था हुन थालेको छ । रेक्चागाउँ जाने तीन वटा सडक बर्खाको पानीले बन्द हुँदा असोजसम्म नाकाबन्दीको चपेटामा पर्ने जोखिम बढेको हो ।
कर्णाली आमसञ्चार तथा सूचना प्रविधि विधेयक प्रदेश सभामा टेबुल भएको छ । आइतबार बसेको छैटौँ अधिवेशनको २६ औँ बैठकमा सरकारका तर्फबाट सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले टेबुल गर्नुभएको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेजस्थित कोशी पश्चिमी सिँचाइ नहरमा एक पुरुषको शव फेला परेको छ ।
डोटी जिल्लाका नौ वटा स्थानीय तहको हालसम्मको बेरुजु रकम एक अर्ब २८ करोड ५० लाख रुपियाँभन्दा बढी रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन अनुसार डोटीका स्थानीय तहको हालसम्मको बेरु