सर्वोच्च अदालतका तीन न्यायाधीश र एक न्यायपरिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन भएको छ ।
विमानस्थलमा नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि चाहेको नतिजा निकाल्न नसकेको बताउनुभयो ।
यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु एक लाखसहित उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक सङ्घले आज (सोमबार) देशभरका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेको हो ।
चालु आर्थिक वर्ष ०८१-०८२ मा विभिन्न प्रकारका हिंसा प्रभावित १४० जनाले ओसीएमसीबाट सेवा पाएको केन्द्रले जनाएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४ हजार रुपियाँको सामग्री वितरण गरेको छ ।
बाजुराको मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । वर्खा सुरु भएसँगै ठाउँ–ठाउँमा पहिरो जाने गरेकाले यहाँको मार्तडी–कोल्टी सडक अवरुद्ध बनेको हो ।
दाङको टिमुर पकेट क्षेत्रका रूपमा रहेको पहाडी क्षेत्रमा टिमुरका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले पाँच वर्षदेखि जिल्लाको तीन पालिकामा पकेट क्षेत्रकै रूपमा टिमुरको बिरुवा रोपण तथा संरक्षण गर्दैआएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको छ । सोमवार राष्ट्रपति भवन शितल निवासमा एसिसी पुरुष यु—१६ इस्टजोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका नागरिकको लागि शव वाहन सेवा निःशुल्क गरेको छ । नगपालिकाले नगरबासीका लागि शव घरदेखि घाटसम्म पु¥याउन शव वाहन निःशुल्क सञ्चालनमा ल्याएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गर्नुभएको छ ।
प्रतिष्ठित उद्योगीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य विनोद चौधरीले मुलुकको अर्थतन्त्र सकारात्मक लयमा गएकाले यसको निरन्तरताको आवश्यक औँल्याउनुभएको छ । उहाँले विप्रेषण हेरेर खुसी हुने होइन, आन्तरिक अर्थतन्त्र बलियो बनाउनेतर्फ सामूहिक प्रयासको जरुरी रहेको बताउनुभयो ।
सिङ्गो गाउँ कृषि खेतीमा आकर्षित रहेको अवस्थामा पानीको मुहान सुक्ने समस्या भोग्दै आएका किसानलाई नदीबाट खेतीयोग्य जमिनमा पानी पुर्याउन लिफ्ट सिँचाइ प्रभावकारी देखिएको प्रदेशसभा सदस्य शेरचनले बताउनुभयो।
उपभोक्ता संरक्षण ऐन, २०७५ को आवश्यक संशोधनको माग गर्दै चिकित्सकहरुले आन्दोलन थालेपछि उपचारका लागि इलाम अस्पताल आइपुगेका बिरामीहरु समस्यामा परेका छन् ।