नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेट असोज १५ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
नासो गाउँपालिका –८ ताचैकी ३१ वर्षीया गर्भवती महिला टोमकाशी गुरुङको सुत्केरी हुन नसकेको अवस्थामा हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले समितिको घोषणा गर्नुभएको हो ।
एन्फा मैदान सातदोवाटोमा सोमबार भएको खेलमा हिमालयन शेर्पाले श्री भगवती क्लबलाई ३–१ गोलले हरायो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा तीन जनालाई नियुक्त गर्नु भएको हो । रामचन्द्र पौडेलले असार २३ गते मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा गरी तीन जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नु भएको हो ।
प्रतिष्ठित उद्योगीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य विनोद चौधरीले मुलुकको अर्थतन्त्र सकारात्मक लयमा गएकाले यसको निरन्तरताको आवश्यकता औँल्याउनुभएको छ । उहाँले विप्रेषण हेरेर खुसी हुने होइन, आन्तरिक अर्थतन्त्र बलियो बनाउनेतर्फ सामूहिक प्रयासको जरुरी रहेको बताउनुभयो ।
गत बिहीबार बिर्तामोड–७ फक्तालुङमा शौचालय जान निस्किएको बेला ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट आँगनमै ज्यान गयो । अचानक आएको हात्तीले किच्दा घटनास्थलमा नै लिम्बूको मृत्यु भएको थियो ।
युरोपेली सङ्घ (इयू) ले लगाएको ५० करोड युरो जरिवानाविरुद्ध एप्पलले सोमबार अपिल दायर गरेको छ । ब्रसेल्सले अमेरिकी विशाल प्रविधि कम्पनी एप्पललाई प्रयोगकर्ताका लागि ‘खराब’ परिवर्तन गर्न बाध्य पारेको आरोप लगाएको छ ।
गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबिच आज भेटवार्ता भएको छ ।
काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुरको व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेका अनुसार काठमाडौँ महानगरको एक मात्र फोहोर ट्रान्सफर स्टेसन टेकु अवस्थित परिसरमा उल्लेख्य सङ्ख्यामा कुकुरहरू जम्मा भएका छन् ।
सल्यानमा अझै पनि ३१ प्रतिशत घरधुरी विद्युत् सेवाको पहुँचबाट वञ्चीत रहेका छन् । विद्युत् विस्तारका लागि योजना सुरु भएता पनि सम्बन्धित निर्माण कम्पनीले समयमै काम नगर्दा अझै पनि ३१ प्रतिशत घरधुरीका नागरिकहरू विद्युत् सेवाबाट वञ्चित हुनुपरेको हो । विशेष गरेर कालीमाटी गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा विद्युतीकरणको धेर्रै काम बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण सल्यानका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु नै साझा दायित्व भएको बताउनु भएको छ ।
नेपालकै दोस्रो ठूलो तथा ऐतिहासिक सखुवाको रुख धनुषाको धनुषाधामस्थित संरक्षित वन क्षेत्रमा पहिचान गरिएको छ ।
इरानले आवाश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म देश छोड्न आदेश दिएपछि जुन महिनाको सुरुदेखि करिब चार लाख ५० हजार अफगानीहरू इरानबाट फर्केको संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सी (आइओएम)ले सोमबार बताएको छ ।
युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले सोमबार विश्वासको मतदानअघि सांसदहरूबाट कडा प्रश्नको सामना गर्नुहुनेछ ।