पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असार २३ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा भूमि व्यवस्थापन कार्य द्रुत गतिमा अघि बढिरहेको छ । भूमि आयोगले सम्बन्धित वडा कार्यालयहरूसँगको समन्वयमा निवेदन दिएका व्यक्तिह नारूको जग्गापजाँच गरिरहेको छ । यो कार्य पूरा भएपछि भूमिहीन र अव्यवस्थित बसोवासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु हुनेछ ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले यो पहलले लामो समयदेखि जग्गाको स्वामित्वविहीन रहेकाहरूलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको बताउनुभयो ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने योजना बनाएको छ । यसका लागि निवेदन दिएका परिवारहरूको जग्गा नापजाँच भइरहेको छ । नापजाँच सकिएपछि योग्य व्यक्तिहरूलाई जग्गाको स्वामित्व (लालपुर्जा) दिने प्रक्रिया अघि बढ्नेछ ।
यसै क्रममा, सार्वजनिक जग्गा, सरकारी भूमि र नदी किनारमा अतिक्रमण गरी बसेका घरधुरीहरूलाई हटाउने कार्य पनि भइरहेको छ । नापी टोलीले कब्जा गरिएको जग्गा पहिचान गरी कानुनी कारबाहीको तयारी गरेको छ । यसले सार्वजनिक जग्गाको संरक्षणमा मद्दत पुग्नेछ ।
नापजाँचको काम सकिएपछि योग्य भूमिहीनहरूलाई जग्गा वितरण गरिनेछ । अवैध रूपमा जग्गा कब्जा गर्नेहरूमाथि कडा कानुनी कारबाही हुनेछ । यसका साथै, सुव्यवस्थित बसोवासको विकासका लागि आवश्यक योजनाहरू पनि बनाइने छन् ।
यसरी, भूमि आयोगले सरावल गाउँपालिकामा भूमि व्यवस्थापनलाई पारदर्शी र न्यायोचित बनाउने प्रयास गरिरहेको छ ।