काठमाडौँ, असार २२ गते । राजधानी निवासी महिलाहरुको सौन्दर्य प्रतियोगिता क्यापिटल क्विन नेपाल २०२५ को ताज करुणा भुजेल श्रेष्ठले प्राप्त गर्नुभएको छ ।
शनिबार ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको सो प्रतियोगितामा जोरपाटीकी फेसन डिजाइनर श्रेष्ठले विजेताको ताज पहिरिन सफल हुनुभएको हो । योसँगै उहाँले फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड २०२६ का लागि लन्डनमा हुने कार्यक्रमको इन्ट्री प्याकेजसमेत प्राप्त गर्नुभएको छ ।
यसैगरी, फस्ट रनर अपमा अनिता लामा तथा सीता राई सेकेण्ड अनर अप हुन सफल हुनुभएको छ । हिमालय मुजिजद्वारा आयोजित सो कार्यक्रम, कार्यक्रमको नवौं संस्करण हो ।
कोरियोग्राफर हिमानी सुब्बाको सोलो पर्फमेन्स, कलाकारहरुको आकर्षक नृत्य प्रस्तुतीर रहेको कार्यक्रममा विविध सबटाइटल अवार्डसमेत वितरण गरिएको थियो। जसमा बेस्ट ट्यालेन्ट रन्जना सिंह, बेस्ट पर्सनालिटी माया तामाङ, बेस्ट फोटोजेनिक करुणा भुजेल श्रेष्ठ, बेस्ट ड्रेस करूणा भुजेल श्रेष्ठ, मोस्ट डाइनामिक मन्दिरा श्रेष्ठ, मोस्ट स्मार्ट अनिता लामा, मोस्ट डिलिजेन्ट सीता राई, मोस्ट डिलाइटफुल मीना श्रेष्ठ, मोस्ट डिसेन्ट दिना राई, मोस्ट एयाक्टिभ अन्जना राई, मोस्ट चार्मिङ सन्चिता खत्री, मोस्ट प्यासोनेट सजिना तामाङ, मोस्ट डेडिकेटेड गीता राजवंशी, मोस्ट ग्रेसफुल सीताश्री बस्नेत, मोस्ट पपुलर सीताश्री बस्नेत, पब्लिक च्वाइस भिडियो सन्चिता खत्री र बेस्ट मल्टिमिडियातर्फ रन्जना सिंहले हात पार्न सफल हुनुभएको छ ।
निर्णायक मण्डलतर्फ अभिनेत्री तथा मोडल सुष्मा अधिकारी, फेसन डिजाइनर सुक्निता चौलागाईं, मिस्टर ह्याण्डसम नेपाल २०१९ तथा मोडल अभिषेक खड्का, क्यापिटल क्विन नेपाल २०१६ लिला राई तथा मिसेस डिभा नेपाल २०२५ संगीता अधिकारी रहनुभएको थियो ।
महिलाहरुको क्षमता पहिचान गरी सो को प्रस्फुटन गराइ पहिचान बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ ।