काठमाडौँ, असार २० गते। नेपालका चार विद्यार्थीले स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआइ फर गुड रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५’ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपालका तर्फबाट जुनिएर क्याटागोरीमा सहभागिता जनाउन लागेका हुन्। प्रतियोगितामा सहभागी हुन समृद्धि स्कुलकी छात्रा रिद्धी मानन्धर, युनाइटेड स्कुलका आरभ गौतम, र परिधि श्रेष्ठ तथा केएमसी स्कुलका अनुपम भुजेल स्वीट्जरल्यान्ड प्रस्थान गर्न लागेको रोबोटिक्स एसोसियसन अफ नेपालले जनाएको छ।
यी विद्यार्थीले जुलाई ८ तारिखदेखि ११ तारिखसम्म जेनेभामा सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउने छन्।