• २३ असार २०८२, सोमबार

मान्छेको मूल्य (कथा)

blog

“केही थियो कि बहिनी ? के कामका लागि आउनुभएको हो कुन्नि ?” उनले मेरो अनुहार एक पटक सरसर्ती पढेपछि प्रश्न गरे । हाम्रा आँखा आपसमा जुधे । अनुहार अलि मलिन देखिन्थ्यो । 

“कपडा सिलाउनु थियो त्यही भएर आएकी दाइ । तपाईंले भ्याउनु होला नि, तर अलि छिट्टै चाहिएको छ,” मैले उत्तर फर्काउँदै भनेँ ।  “के ल्याउनुभएको हो ? लुगाहरू यहीँ टन्न छन् खै के भइएला र ?” उनले आफ्नो व्यस्तता देखाए । “त्यस्तो नभन्नोस् न दाइ, जाबो एउटा कुर्था सिलाउनुपर्ने न हो । मलाई अलि हतार हतार नै भएकाले छिट्टै भनेकी हुँ । अन्य बेलामा त तपाईंले भनेकै समयमा लिएको हैन र भन्या ?” मैले प्रतिव्रिmयामा भनेँ । 

“हुन त एउटा कुर्था मात्र हो भन्नुहुन्छ । त्यसो त तपाईं सधैँ यहीँ आइरहने मान्छेलाई कसरी फर्काउनु 

फेरि ? तर...,” उनले अनकनाउँदै टाउको हल्लाए । 

“पर्सि बिहानसम्म गर्दिनु न, म १० बजेतिर आउँछु । बरु म अलि बढी नै लिनुहोला । सिलाइदिनू क्या सिलाइदिनू । म सधैँ तपाईंकोमा आइरहने मानिस हैन र भन्या ? अहिले हतार भएका बेला अन्यत्र जाँदा कसैले सिलाउन मान्दैनन् ।” मैले एकतमासको अनुहार बनाएर भनेँँ । “एका बिहानै हैन, ल ल दिउँसोतिर लिन आउनू, म सिलाएर राखिदिउँला तर ज्याला चाहिँ अलि बढी लाग्छ नै ।”  अलिकति बढी पैसाको लोभमा उनले हुन्नँ भन्न चाहेनन् ।  “२ बजे आउँछु है त दाइ । त्योभन्दा ढिला नहोस् ।” युवतीले उनीतिर मुख फर्काएर भनिन् ।  “हुन्छ, हुन्छ” भन्दै तिनले टाउको हल्लाए । 

हातको पाँच सयको नोट ती दाइलाई छोडेर बाँकी पैसा कुर्था लिन आउँदा दिने वाचासहित म आफ्नो बाटो लागेँ । “अब के गर्नु ? गर्नै प¥यो नि, राति भए पनि सिलाउनु पर्ला । अरू लुगाहरू पनि सिलाएर दिनु छ । सिलाउन भ्याउँदिनँ भन्यो भने अन्तै गइहाल्छन् । सिजनका बेला रातको निन्द्रा पनि भन्न पाइँदैन । नगरौँ आफूसँग भएको यही एउटा सिप हो । समयमा लेखपढ गर्न सकेको भए अन्य काम पनि पाइन्थ्यो होला । त्यति बेला दिमागमा बिर्को लागिहाल्यो । पेटका लागि केही त गर्नै प¥यो क्यारे ।” उनी एक्लै फतफताए । “लुगा सिलाउनुभन्दा काट्नै बढी समय लाग्छ । यत्तिका लुगा नापो अनुसार काट्नै बाँकी छ । साथी पनि हुन्छ अनि सहयोग पनि भनर मान्छे राख्या, तर खै के नपुग्या हो २÷४ दिनभन्दा बढी बस्दैनन् । हुन त एक्लै ग¥यो, नाफा घाटा आफैँलाई हुन्छ ।” सिलाएर राखेको लुगााको चाङबाट खैरो रङको कुर्था झिकेर छुट्याएर राखे । आइरन खै त ? उनले काम गरिरहेकी पत्नीतिर फर्कंदै सोधे । “मलाई के थाहा त ? तपाईंले चलाउने हो क्यार” उनले जवाफमा भनिन् । “त्यति सहयोग गर्दिए त म भाग्यमानी भइहाल्थेँ नि । मैले नै गर्नु पर्छ सबै । हिजो मैले चलाएको थिएँ । लुगामा आइरन लगाएर यहीँ टेबुलमा राख्या जस्तो लाग्छ । तँैले देखिस् कि भनेर सोधेको क्या ?” पत्नीतिर फर्कंदै भने । “त्यतै होला खोजे भइहाल्यो नि । के मलाई नै सोधिरहनु पर्छ र भन्या ? खै, अघिको पैसा दिनु त । चामल, तेल, तरकारी  किनेर ल्याउनु प¥यो नि ।” पत्नीले भनिन् । 

“पैसासैसा केही छैन मसँग । के पैसा पैसा भनेर कराइरहेकी ? मैले बोटबाट टिपेर ल्याउने हो र दिनदिनै पैसा माग्छेस् ।” उनी अनुहार अँध्यारो अँध्यारो बनाउँदै पत्नीतिर फर्के । दुवैबिच आँखा तरातर भयो । 

त्यहाँ एकछिन सन्नाटा छायो । दुवै एकअर्कासँग बोलेनन् । पतिले कल चलाई रहे । पत्नीले काज बटम गरिरहिन् । “भोक लाग्यो क्या, कस्तो नसुनेको होला । म हिजो बेलुका पनि नखाई सुतेको हुँ । अहिले चुप लागेर सुत, भोलिबिहान उठ्ने बित्तिकै खालास् भनेको हैन ?” जुम्ल्याहा जस्ता देखिने ५÷६ वर्ष उमेरका दुई बालकले उनको चुल्ठो समात्दै भने । तिनीहरूका अनुहार साँच्चै टिठ लाग्दो देखिन्थ्यो । कोठामा खानेकुरा केही नभएका कारण आफू जस्तै तिनीहरू पनि बेलुका भोकै सुतेको कुरा झलक्क सम्झिन्  । “बाउलाई भन्, मलाई के भन्छस् त,” छोराहरू फर्केर भनिन् । उनले पत्नी र छोराका अनुहारतिर पुलुक्क हेरे । ती दुवै उनलाई एकोहोरो हेरिरहेका थिए । 

“ल ल अहिले एकछिन पछि खाउँला,” उनी तिनीहरूतिर फर्किए । “नगरेर के गर्नु त, हामी दिनदिनै कमाएर खानेहरू हौँ । थुपारेर राख्ने मानिस हैनौँ क्यारे, आज कमायो आजै खायो, भोलि कमायो भोलि खायो ।” उनले श्रीमतीतिर फर्केर भने । “खानेकुरा केही छैन । हिजै छोराहरू भोकभोकै छन् अनि चाहिएन त ?” उनले अलि आव्रmोशित भावमा भनिन् ।  “पैसा देख्न हुन्न, यसको गनगन सुरु भइहाल्छ । पैसा कमाउन कति गाह्रो छ, कहिल्यै बुझिनँ । एउटा जाबो आइरन पनि खोज्न सक्दिनँ । लोग्नेको काममा सहयोग गर्नु पर्छ भन्ने बुद्धि कहिल्यै आएन,” उनले खुइय गर्दै भने । “अँ अँ, ल्याउँदा सुखैसुखमा राख्छु । दुःख दिन्नँ भनेका थियौ नि । यही हो सुख ? योभन्दा सुख त बरु तिम्रै साथीले दिएको थियो । नर्कमा पर्न रहेछ । अनि न तिमी जस्तालाई विश्वास गरेर सोझो लोग्ने छोडेर आएकी रहेछु । पाप नै लागेको हो क्यारे मलाई त । त्यति माया गर्ने लोग्ने छोडेर आएको यहाँ त एकछाक पेट भर्न पनि धौ धौ छ । गर्न नसक्नेले किन बोल्नु । मर्दले बोलेको कुरा पूरा गरेर देखाउँछन् । मुख बजाएर मात्र हुन्छ ?” श्रीमतीले अलि ठुलै आवाजमा गुनासो गरिन् ।  दुई वर्षदेखि हाम्रो टोलमा बसिरहेको छ यो परिवार । देख्दा असमेल विवाह जस्तो लागिरहेको थियो । तर सोध्न सकेरहेको थिइनँ । मेरा लागि आवश्यक पनि थिएन । मनको खस खस यो कुराकानीले मेट्यो ।   

“धेरै नबोल है भन्द्या छु मैले,” अलि कड्किए उनलाई उनी । “के धेरै बोलँे मैले ? छोराहरू हिजैदेखि भोकभोकै छन् । झन् मेरो पेटमा केही नपरेको त तीन छाक भइसक्यो । के यो बढी बोलेको हो र ?” उनी झनै आव्रmोशमय बनिन् । “बोल्न पाइस् भन्दैमा थुतुनो धेरै नबजा है ? के मैले खाएर तिमीहरूलाई भोकै राखेको हो र ? म पनि त भोकभोकै काम गरिरहेको छु नि । यस्ता कुरा तैँले बुझ्न पर्दैन ?” उनको प्रतिव्रिmया पनि त्यसै गरी आयो । “अँ मैले त बोलेपछि त धेरै भइहाल्छ नि । साँचो कुरा गरी भन्ठानेर रिस उठेको त हो नि हैन ? कि हैन भनेर भन्न सक्न प¥यो ?” उनले प्रतिवादमा भनिन् । 

अघिसम्म तपाईंको सम्मानमा सुनिएका वाक्यहरू अहिले व्रmोधपूर्ण तिमी र तँमा झ¥यो । नजिकै राखिएको कुर्सीमा बसेर तिनीहरूका कुरा सुनिरहेको मलाई ती बालकहरूको भोक सम्झेर नमिठो लाग्यो ।  

छोराहरू मेरोनजिक आएर उभिए । बाबुआमाको विवाद बिस्तारै बढिरहेको थियो । ती कहिले बाउको त कहिले आमाको अनुहार हेर्थे । उनीहरू त्यो संवार्ता कसरी बुझ्थे कुन्नि तर मलाई त्यसले बिझाइरहेको थियो । 

मैले ब्यागबाट निकालेर दुवैका हातमा एक एक वटा चक्लेट राखिदिएँ । उनीहरूले आआफ्ना हातका चक्लेट बाबुआमालाई देखाए । उनले टाउको हल्लाइन् अनि दुवैले खुसी भएर चुस्न थाले ।  उनी फेरि कराइन्, “खान पर्दैन, कि भोक लाग्दैन ? हामीले नखाए पनि यी लालाबालालाई त ख्वाउनु पर्ला नि” उनले फेरि भनिन् । तर यस पटक पनि उनी बोलेनन् ।  “मैले पैसा माग्दा चाहिँ किन सधैँ तिम्रो कन्सिरी रौँ तात्छ हँ ? तिम्रा नभए पनि यी दुई सन्तान मेरा त हुन् नि । आफ्नो रगत हैन भनेर भोकै राखे पनि हुन्छ भन्ने सोचेको हो ? उतिखेर मेरै छोरासरह मानेर राख्छु लिएर हिँड् भनेका हैनौ ? यसरी छुट्याउनेले किन लिएर आइज भनेको त, बिचरा, यिनीहरूको के 

दोष ?” साना दुई सन्तानलाई देखाउँदै उनी बोलिन् । “कसले छुट्याएको छ र भन्या ? पागल भइस् कि क्या हो ? बोल्न पनि कति सकेको भन्या, ए बा बा एकोतार बोलेको बोल्यै छ भन्या,” उनले अगाडि भने । हुन त दुवै जनालाई कम बोल्न मन लोगेको थियो तर भनिनँ ।  “तिमी नै भयौ होला पागल । केको म पागल हुनु, सद्दे भए त सन्तानका पेट भोकै रहेका कुरा अवश्य बुझ्ने थियौ होला । यसरी लाचार बन्ने पक्कै थिएनौ होला,” उनको रिसको पारो अझ बढ्यो । “यस्ता कुरा नबुझ्नेहरूलाई के भन्नु ?” उनले भर्खर सिलाएर सकिएको पाइन्ट पट्याउँदै भने । 

“अँ अब भन्न र उत्तर दिन सक्ने भए पो दिन्थ्यौ त । बोल्न सक्नुप¥यो नि ! ठिकै छ यस्तै हो भने म भोलि बिहानै हिँड्छु । मलाई कतै नखोज्नू । मेरा दुई छोरासँगै लिएर जान्छु ।” उनले  मलिन अनुहार बनाएर भनिन् । एकछिनपछि उनका आँखाबाट आँसुका धारा खस्न लागे । 

“कुरा नबुझेपछि के लाग्छ । जेसुकै गर । मलाई कुनै मतलब छैन । अब एक शब्द नबोल् ।” औँला ठड्याउँदै जुरुक्क उठे उनी । साह्रै खल्लो लाग्यो । परिस्थिति मुठभेडतिर गईरहेको महसुस भयो मलाई । यस्तो नहोस् म मनमनै भनिरहेको थिएँ । चकलेट खाइसकेपछि ती बालक छेउमा बसेर बाउआमा बिचको वादविवाद हेरिरहेका थिए । म पालैपालो त्यो विवाद र ती बालक दुवैलाई हेरिरहेको थिएँ । तिनी मेरो कुर्थामा काजबटम गरिरहेकी थिइन् । “नानीले दिनुहुन्छ अनि ल्याउँला भनेर बसेको । काम नसकिई माग्न कुरा पनि आएन । आफ्नो गोजीमा सयभन्दा बढी पनि छैन । हिजो कोठाको बहाल बुझाएँ भएको सकिइहाल्यो । ला, यो सय रुपियाँ । चामलको दानोसम्म छैन भनेकी हैन ? ल लिएर आइज ।” गोजीबाट नोट निकालेर श्रीमतीतिर बढाउँदै उनले भने । 

“पर्दैन, किन चाहियो ?” घुर्कीको स्वरमा उनले भनिन् ।  “खुरुक्क जा, अब धेरै नबोल्, कुरा बुझ्ने भए त एकछिन चुपो लागिहाल्थिस् नि,” उनले थपे । 

“आमा भोक लाग्यो क्या” दुवै छोरा निन्याउरो मुख लगाएर आए । “आमाले भात पकाउँछे । अनि खानु पर्छ” ती दुई बालकतिर हेर्दै उनले भने । अघि नै भनेको भए हुन्थ्यो नि त” मैले उनीतिर फर्केर भनेँ । खिस्स हाँसे तर बोलेनन् ।  उनले अनकनाउँदै भुइँको सयको नोट टिपिन् । छोरा काखमा आएर बसेकाले हुन सक्छ अघिको रिसको पारो अलिकति घट्यो । उनी जुरुक्क उठेर पसलतिर लागिन् ।  “आइरन टेबुलमुनि राखेकी रहिछे । देखेको छैन भन्छे बाबै । काम नै रोकिएपछि यसो खोजेर सहयोग गरौँ भन्नु नि, अहँ, वास्तै छैन । यस्ताहरूले के गरी खालान् र खोई ?” आइरन लगाउने काम सके । 

एउटा अँध्यारो अँध्यारो तर गल्ली छेउको घरको सामान्य घर । एउटा मात्र सटर, त्यसलाई पर्दा लगाएर बारिएको छ । अगाडि कपडा सिलाउने मेसिन अनि टेबुल छ भने पर्दापछाडि एउटा सानो खाट छ । त्यही खाटमा अघि भनिएका दुई बालक खेलिरहेका छन् । अनि खाटसँगै राखिएका छन् दुईटा पानीका बाल्टिन । खाना पकाउने ग्यासको सिलिन्डर र चुलो पनि नजिकै छन् । पकाउने र खाना खाने भाडा असरल्ल छन् । पर्दा अगाडि भुइँमा थुप्रिएका छन्, सिलाउन बाँकी र सिलाइएका लुगा । 

यी त्यही लुगा हुन् जुन सिलाएको मूल्यमा उनीहरूका सपना जोडिएका छन् । यो सटरसँग उनीहरूका दुई सन्तान र उनीहरू दुई जनाको जीवन रूपी रथ जोडिएको छ ।  

“केही आएन । जाबो सय रुपियाँले के नै आउँछ र भन्या ? दिनेलाई कत्ति न पैसा दिएँ भन्ने छ । यी ल्याउने बेलामा यही हो ।” एउटा सानो निलो प्लास्टिकको झोला श्रीमान्लाई देखाउँदै भुइँमा थचक्क बसिन् । “आमा छिटो पकाउनु न कस्तो भोक लागिसकेको छ आफूहरूलाई” तिनीहरू एकै स्वरमा भने । तिनीहरूको अनुहार आमाले प्लास्टिकको झोलामा किने ल्याएको चामल देखेपछि धपक्क बले झैँ लाग्यो । “ल, ल, जा पका । देखाइरहन पर्दैन । आजलाई पुगी हाल्ला त । भोलिलाई फेरि जोहो गरौँला । छोराहरू रुन थालिसके । यहाँ मसँग बाझेर खाना पाक्दैन क्या । हिजो पैसा नभएर चुल्हो नबोलेको । यो कुरा तैँले बुझिदिएको भए यति दन्त बझान गनुपर्ने नै थिएन,” उनले गरिरहेको काम ठ्याक्क रोकेर भने ।  “लौ लौ पैसा दिन भनेपछि मरे जस्तो छ । अनि नाटक गर्छौ ?” पर्दापछाडिको भान्सामा प्रवेश गर्दै उनले भनिन्  । “ए हे नानी !, तपाईंलाई धेरै बेर कुराए है मैले । यहाँ यस्तै छ हेर्नु न । काम थाल्यो किचकिच सुरु हुन्छ । पर्खिनोस् है,  आइरन लगाएर सकिन लाग्यो । यी बाउलाको व्रिmज नमिलेर हो नत्र त सकियो । मैले हिजै लिन बोलाएको थिएँ क्यार । हेनोस् न, तपाईं आज आउँदा पनि हतार नै छ ।” मतिर हेर्दै खिस्स हाँसे । “केही छैन दाइ यस्तै हो, तपाईंले काम गरिरहनुभएको छ । धेरै नै समय लाग्ने भए अलि पछि आउँथेँ । तपाईंले सकिन लाग्यो भन्नुभएकाले नै पर्खेर बसेकी हुँ ।” गोजीबाट बजिरहेको मोबाइल झिक्दै मैले भनँे । “हैन हैन, भयो, अब सकियो । लौ, लिएर जानोस् । तपाईंकै झोलामा राख्नोस् है । मैले यहाँ झोला खोज्न थालिनँ ।” उनले मेरो हातमा अस्ति सिलाउन दिएको कुर्था पट्याएर दिँदै  भने । “हुन्छ हुन्छ म राख्छु, अर्को झोला खोजिरहनु पर्दैन,” कुर्ता हातमा राख्दै भनेँ । केही ज्याला अस्ति नै दिएकी थिएँ । बाँकी दिएर उनको पसलबाट निस्किएँ । मन कस्तो कस्तो बन्यो । परिभाषा लगाउन खोजेँ तर सकिनँ । “के उनीहरूले दुःखको मूल्य बुझेका छन् त ? श्रीमतीले श्रीमान्को र श्रीमान्ले श्रीमती मूल्य नबुझेकै कारणले त घरहरू विभाजित हुन्छन् नि,” मेरो मनमा लागिरह्यो । “सधैँ झगडा गरेकै भरमा एकअर्काको मूल्य बुझ्न सकिएला 

त ?” फेरि एउटा मनले सोध्यो । 

“अहँ सकिँदैन” अर्को मनले भन्यो । दोधारमा परेँ । कति गर्दा पनि निचोडमा पुग्न सकिनँ । आमाको दोस्रो विवाह, झट्केला दुई बालक, दैनिक काम नगरी हातमुख जोर्न पर्ने समस्या । मेरा मनमस्तिष्कमा निकै दिनसम्म उपस्थित यस्ता कुराहरू खेलरहे खेलिरहे ।  

स्वाभिमान बस्ती, बारा