प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ जानुभएको छ ।
नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ। ति मध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विपत् प्रतिकार्यमा जुट्न सबैमा आह्वान गर्नुभएको छ । छिमेकी देश चीनको तिब्बत क्षेत्रमा परेको ठुलो पानीपछि भोटेकोसी नदीमा आएको बाढीले बागमती प्रदेशको रसुवा जिल्लामा मानवीय तथा भौतिक क्षति भएपछि प्रदेश प्रमुख देवकोटाले सबैलाई सचेत रहन र सहयोग गर्न अपिल गर्नुभएको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबिच मङ्गलबार द्विपक्षीय भेटवार्ता भएको छ। जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।
सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गर्नुभएको छ।
नेपालले अष्ट्रेलियामा अगस्ट १४ देखि २४ तारिखसम्म टप इन्ड टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ ।
आन्दोलनरत चिकित्सक र तीन जना मन्त्रीबिच छलफल जारी छ। नेपाल चिकित्सक संघको अगुवाइमा आन्दोलनरत चिकित्सकसँग तीन जना सम्बन्धित मन्त्रीले छलफल गर्नुभएको हो।
जल तथा मौसमविज्ञान विभागले नेपाल र चीनको भूभागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ।
बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकाका अति जोखिमपूर्ण १० ठाउँमा विपद् पूर्व सूचना प्रणाली अन्तर्गत बाढीको पूर्व सूचना दिने साइरन जडान गरिएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँ पालिका–१ गुम्बामा स्कर्पियो र बोलेरो ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
स्रोत नखुलेको एक करोड ४४ लाख रकमसहित काठमाडौँ प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं परिसरका सूचना अधिकारी अपीलराज बोहराका अनुसार बौद्धको एक घरमा डेरा लिएर बसेका चिनियाँ नगरिक ४० वर्षीय वाङ जियाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढी क्षेत्रमा आएको भीषण बाढीपछि जलविद्युत आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ।
बागलुङ नगरपालिका-३, काठेखोला किनारमा निर्माणाधीन लिफ्टिङ प्रविधिको बागलुङ नगर सहलगानी खानेपानी आयोजनाको अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए ।