प्रतिवेदनमा समेटिएको अन्तर्वस्तुबारे सत्तारूढ दलबिचमै विमति भएपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक पुनः रोकिएको छ । सत्तारूढ दल नेपाली कांग्रेसले राष्ट्रिय सभाबाट पारित विधेयकको व्यवस्थामा स्पष्टता खोजेपछि प्रतिनिधि सभाको कार्यसूचीले पूर्णता नपाएको हो ।
संसदीय समितिले त्रिभुवन विश्वविद्यालयको संरचना पुनर्गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विश्वविद्यालयमा बेथितिका चाङ देखिएको र त्यसलाई सम्बोधन गर्न नयाँ ऐन ल्याउन आवश्यक देखिएकाले ऐन ल्याउने प्रक्रिया अगाडि बढाउन समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।
पाल्पाको दोभान ३ सिद्धबाबा मन्दिरनजिक खसेको पहिरोमा परी एक जनाको मुत्यु भएको छ । एकजना घाइते हुनुभएको छ ।
बाजुराको सेरा आटीचौर सडक अन्तर्गत पर्ने बल्दे देखि धुरासैन सडक कालोपत्रेको काम अलपत्र परेको छ । २०७९ साल चैत मसान्त काम सम्पन्न गर्ने गरी २०७७ साल असारमा जयदेवी एस, एस निर्माण सेवा प्रालिले बल्देदेखि धुरालसैन सम्मको पाँच किलोमिटर छ सय मिटर सडक कालोपत्रे गर्ने गरी जिम्मा लिएको हो ।
जुम्लामा चट्याङबाट १९७ भेडा मरेका छन् । जिल्लाको गुठीचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा सोमबार दिउँसो ४ः३० बजे चट्याङ पर्दा १९७ भेडा मरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिनुभयो ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको छ । आज साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।
विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका –२ स्थित खेल्फीडाँडामा मङ्गलबार साँझ स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ ७ः३० बजेको समयमा भकुण्डेबेशीतर्फ जाँदैगरेको बा ४ ख ७१ नम्बरको सगुन बिद्या मन्दिरको स्कुल बस र बिपरित दिशाबाट आउदै गरेको बा ७१ प ६८८० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएका थिए ।
उपभोक्ता अदालतको फैसलालाई लिएर आन्दोलनमा रहेका चिकित्सक र सरकारबीच तीन बुँदे सहमति भएको छ ।
सभाको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली तथा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सोमबार दुई म्युजिक भिडियो र सातवटा अडियो रेकर्ड गीत सार्वजनिक गरेको छ।
ताप्लेजुङका सुनचाँदी व्यवसायीले सुन र हिरामा लगाइएको करको विरोधमा मोटरसाइकल र्याली निकालेका छन्। सरकारले आगामी आर्थिक वर्षको विधेयकमा सुनमा दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा मोटरसाइकल र्याली निकाएिको हो।
प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेर फर्किनुभएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ कार्यविधि बनाएर एकल (सोलो) प्याराग्लाइडिङ उडान खुला गरेको छ। क्यानले सुरक्षा र अनुगमनमा कडा प्रावधानसहित उडान गर्न अनुमति दिएपछि साउन पहिलो साताबाट पोखरामा सोलो उडान थाल्ने तयारी भएको छ।
गाजा क्षेत्रमा चार महिनादेखि जारी नाकाबन्दीका कारण संयुक्त राष्ट्रसङ्घले बाँकी रहेको इन्धन अत्यावश्यक जीवनरक्षक सेवाहरूमा मात्र प्रयोग गर्न थालेको छ ।
नेपाल जनप्रशासन सङ्घले यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको छ।