नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ८२ पैसा र बिक्रीदर १३७ रुपियाँ ४२ पैसा कायम भएको छ ।
जनसरोकारसँग प्रत्यक्ष गाँसिएको चिकित्सा सेवा सधैँ नियमित हुनु पर्छ । कुनै पनि बहानामा यो सेवा बन्द गर्न हुँदैन तर आफ्नो हितमाथि आघात पर्नेबित्तिकै बहानाबाजी गरी सेवा नै बन्द गरेर आन्दोलन गर्नु र आफ्नातर्फबाट भएको गल्ती र कमजोरी स्वीकार नगर्नु विडम्बना हो । चिकित्सक पनि भगवान् होइनन्, काम गर्दा कहिलेकाहीँ गल्ती कमजोरी हुन्छन् । भएका गल्ती कमजोरी स्वीकार गरी यो पेसालाई मर्यादित र व्यवस्थित बनाउन सबै पक्ष सहयोगी बन्नु पर्छ । कुनै पनि सानो निहुँमा पेसाला
जब नेपालका सबै जसो विश्वविद्यालयका शैक्षिक गुणस्तर तथा प्रशासनिक, आर्थिक, भौतिक पक्ष कमजोर हुँदै विद्यार्थी सङ्ख्या न्यून हुँदै जाने अवस्था सिर्जना भयो तब सरोकारवाला सबैको चिन्ता र चासो बढ्न थाल्यो । यस्तो अवस्था आउनुको मुख्य कारण विश्वविद्यालयमा राजनीतिक दलको हस्तक्षेपको कारण हो भन्ने सर्वत्र महसुस गर्न थालियो । विश्वविद्यालय सुधार गर्न सरकार कटिबद्ध भएको सन्देश प्रवाह गर्न तत्कालीन कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसी
भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
रैथाने बाली भनेका त्यस्ता बाली हुन्, जुन कुनै कालखण्डमा सम्बन्धित देश वा भूगोलमा उत्पत्ति भई परापूर्वकालदेखि खेती हुँदै आएका छन् । त्यस्ता रैथाने बालीमा धेरैभन्दा धेरै जातीय तथा आनुवांशिक विविधता पाइन्छ । रैथाने बाली र तिनका जातमा स्थान विशेष गुण पनि विकास भ
कालीगण्डकी करिडोर पहिरोका अवरुद्ध भएको छ । गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ ।
व्यास नगरपालिकाले गोरखापत्र दैनिकका तनहुँ समाचारदाता अमरराज नहर्कीलाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।
जाजरकोटको कुशे गाउँपालिका–५ दम्दालास्थित पशुपाति माध्यामिक विद्यालयमा बाढी पसेपछि पठनपाठन प्रभावित भएको छ ।
थारू संस्कृतिमा केन्द्रित रहेर कलाकार मनुकुमार चौधरीको एकल कला प्रदर्शनी काठमाडौँमा सुरु भएको छ । चौधरीका चित्रले थारू समुदायका मानिसको दैनिक जीवन, रीतिरिवाज र संस्कृतिलाई झल्काउँछ । प्रदर्शनीमा खुला आकाशमुनि पुरानो तरिकाले कृषि गरिरहेको दृश्य, थारू समुदायका महिलाको शान्त र निर्णायक भूमिकालगायतका विषयलाई प्रस्तुत गरिएको छ ।
रोपाइँ सकिएपछि कैलालीको थारू बस्तीमा हर्डहुवाको रौनक छाएको छ । ढुरिया/असारी पूजा गरेर धान रोपाइँको थालनी गरेका प्रकृति पूजक थारू समुदायले खेतीपातीको काम सकिएको खुसियालीमा हर्डहुवा मनाउने चलन रहेको छ । हिलोमाटो लागेको हलो, जुवा, कृषि उपकरण धोएर त्यसको पूजा गर्दै खानपान गरेर रमाइलो गरी हर्डहुवा मनाइन्छ ।
पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान–२०८० प्रदान गरिने भएको छ ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिमलाई सिमाना छुट्याएर बग्ने हेंवा खोलामा निर्माण गरिएको डाइभर्सनमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ ।
रसुवाबाट बाढीले बगाएर ल्याएको एक जुनियर प्रहरी अधिकृतको शव चितवनमा भेटिएको छ । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका– २९ स्थित त्रिशुली नदी किनारमा मङ्गलबार राति भेटिएको हो ।
१. दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने ग्यास रहेको रिपोर्ट आएको छ ? ५० वर्ष
निजी क्षेत्रको आर्थिक भूमिका १. नेपालको संविधानबमोजिम निजी क्षेत्रको आर्थिक भूमिका उल्लेख गर्दै नेपालको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य गर्नुपर्नाका कारणहरू प्रस्तुत गर्नुहोस् । आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले के कसरी सहकार्य गर्न सक्छन् ? आफ्नो धारणा राख्नुहोस् ।