स्वास्थ्य बिमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
वर्षायाममा च्याउको उपभोग अत्यधिक हुने भएकाले सावधानी अपनाउन वनस्पतिविज्ञले सुझाव दिएका छन् । विषालु च्याउको सेवनले मानिसको मृत्यु नै हुन सक्ने भएकाले सतर्कता अपनाउन विज्ञको सुझाव छ । यस सन्दर्भमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले सचेतना अभियान सञ्चालन गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका अस्पताल विगत तीन महिनादेखि विकास समितिविहीन अवस्थामा छन् । त्यसले गर्दा अस्पतालको नीतिगत कार्य प्रभावित भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
कृष्णदत्त भट्ट हाल डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत हुनुहुन्छ । तराईमा जन्मिनुभएका भट्टले आफ्नो बुवाबाजेको थातथलो अजयमेरु गाउँपालिका–३, भद्रपुरनजिकै पल्लीसिरोली भन्ने स्थानमा ठुलो नर्सरी स्थापना गरेर विभिन्न जडीबुटीका बिरुवा हुर्काइ रहनुभएको छ ।
कैलालीका विभिन्न पालिकामा स्थानीय, प्रदेश, सङ्घ सरकार र दातृ निकायको साझेदारीमा सुरक्षित आवास निर्माण गरेर जनताको जीवनयापनमा सहजता ल्याइएको छ ।
निर्माणको काम कसरी गर्ने भन्ने कुराको उदाहरण यस पटक इलाममा निर्माण गरिएका दुुई वटा बेलिब्रिजका निर्माण कम्पनीले देखाइदिएका छन् । मेची राजमार्ग अन्तर्गत राजदुवाली–भन्ज्याङ सडकखण्ड
अविरल वर्षासँगै खोलामा आएको बाढी र गेग्रानले दक्षिण बागलुङमा लघु जलविद्युत आयोजना, पुल र घरहरुमा क्षति पुर्याएको छ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप हुँदै बग्ने कालुङखोलाले सोही ठाउँमा रहेको उपल्लो कालुङखोला लघु जलविद्युत आयोजना बगाएको हो ।
वीरगञ्ज महानगरमा लामो समयदेखि जारी खानेपानी सङ्कटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड दिएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्ड बुधबार बिहानैबाट पूर्णरूपमा अवरुद्ध भएको छ । साथै बर्दघाट–४ स्थित खुर्सानी खोला नजिक सडक भासिएपछि यस खण्डमा सवारी आवागमन ठप्प भएको हो ।