असारको अन्तिम सातासम्म पनि औसतभन्दा कम पानी परेपछि कोशी प्रदेशमा यो वर्ष २९ प्रतिशत मात्र रोपाइँ भएको छ । कोशी प्रदेशको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत भवानी बस्नेतका अनुसार गत वर्ष असारको २१ गतेसम्म कोशी प्रदेशका १४ जिल्लामा ३४ दशमलव ४३ प्रतिशत रोपाइँ भएको थियो ।
जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर जाँदा उत्तरपूर्वी स्पेनका नौ नगरपालिकामा लगभग १८ हजार मानिस आफ्नो घरमा सिमित भएका छन् ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले मुक्त कम्लरीहरुलाई बङ्गुर पालनमा सहयोग गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय लुम्बिनीको सहयोगमा लक्षित विशेष आय आर्जन कार्यक्रममार्फत मुक्त कम्लरीलाई बंगुरपालनमा सहयोग गरेको भेटनरी अस्पताल तथा पशु विकास अधिकृत तथा सूचना अधिकारी कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
कैलालीस्थित विश्व रामसार क्षेत्रमा सूचीकृत प्रसिद्ध घोडाघोडी तालमा हरिहाँसको गणना भइरहेको छ । घोडाघोडीको सूचक प्रजाति रहेका हरिहाँसको संख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले डिभिजन वन कार्यालय पहलमानपुरसँगको समन्वयमा नेपाल पंक्षी संरक्षण संघ (बिसिएन) ले हरिहाँसको गणना गरिरहेको हो ।
टीकापुर नगरपालिकाका महिला जनप्रतिनिधिले पालिकाका साथै विभिन्न सरकारी एवं गैरसरकारी निकायबाट प्रशिक्षण पाएपछि आफूहरूलाई स्थानीय जनप्रतिनिधिका काम, कर्तव्य र अधिकारबारे अवगत भएको बताएका छन् ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आगलागीबाट एक घर नष्ट भएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–९ हाङ्देवा टाकुरेका टीकारा पौडेलको घर आगलागीबाट नष्ट भएको हो ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ ढाक्मरगाउँ नजिकै रहेको बुद्धको प्रतिमा र राताम्मे पहाड।
सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन् ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ का वडा सदस्य नच्छुङ गुरूङले मङ्गलबार साँझ करिब ५ बजे छुहामा खोलामा लेदोसहितको बाढी देख्दा वित्तिकै गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङलाई फोन गर्नुभयो ।
सात दशकभन्दा लामो समयदेखि बर्दियाको राजापुर बजार क्षेत्रमा बसोबास गर्ने ३०४ घरधुरीले अहिलेसम्म पनि जग्गाधनी प्रमाणपुर्जा पाउन सकेका छैनन् । २०७४ सालभन्दा पहिला राजापुर बजार क्षेत्रमा बसोबास गर्ने स्थानीयले सरकारी जग्गा प्रयोग गरेबापत सरकारलाई जग्गाको बैठकी कर तिर्दै आएका थिए ।
रोजगारीका लागि नेपालगन्जस्थित जमुनाह नाका भएर भारत छिर्ने नेपाली युवाको सङ्ख्या फेरि एक पटक बढ्दै गएको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका युवा अहिले फेरि ठुलो सङ्ख्यामा दैनिक रोजगारीका लागि जमुनाह नाका भएर भारततर्फ गइरहेको यहाँस्थित नेपाल–भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।
लगातारको वर्षासँगै आएको बाढीले डाइभर्सनमा क्षति पुगेपछि अवरुद्ध भएको मेची राजमार्ग सुचार भएको छ । अवरुद्ध भएको पाँचथरस्थित हेंवा खोलाको डाइभर्सन मर्मतपछि १५ घण्टापछि सुचारु भएको हो ।
प्रत्येक चौमासिकमा पालिकाले प्रवाह गरेका सेवाबारे सार्वजनिक सुनुवाइ गर्नुपर्ने कानुनी प्रावधान छ । तर इस्मा गाउँपालिकामा भने पछिल्लो निर्वाचित जनप्रतिनिधि आएपछि सार्वजनिक सुनुवाइ नै हुन सकेको छैन ।
वरिष्ठ राजनीतिज्ञ, पूर्व मन्त्री एवं पूर्व सांसद अच्युतराज रेग्मीको ९३ वर्षको उमेरमा निधन भएको छ ।
गुल्मी र पर्वत जोड्ने पक्की पुल यतिबेला दैनिकी चलाउने माध्यम बनेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका पूर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा बनेको पक्की पुलको सहारा यतिबेला दैनिकी चलाउने सहज माध्यम बनेको हो ।