गुल्मी र पर्वत जोड्ने पक्की पुल यतिबेला दैनिकी चलाउने माध्यम बनेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका पूर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा बनेको पक्की पुलको सहारा यतिबेला दैनिकी चलाउने सहज माध्यम बनेको हो ।
बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकाका अति जोखिमपूर्ण १० ठाउँमा विपत् पूर्वसूचना प्रणाली अन्तर्गत बाढीको पूर्वसूचना दिने साइरन जडान गरिएको छ । मनसुनमा आउने सम्भावित बाढीबारे समयमै चेतावनी दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटीय क्षेत्रका १० स्थानमा सो साइरन जडान गरिएको हो ।
दाङको देउखुरीस्थित राप्ती नदीमा झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छ । लमही नगरपालिका–९, अमिलिया र राजपुर गाउँपालिका–७, हाडबास गाउँलाई जोड्ने गरी राप्ती नदीमा झोलुङ्गे पुल निर्माणको काम सुरु भएको हो ।
छिटो धन कमाउने र विकसित देशमै स्थायी बसोबासको प्रलोभनमा फसेर यहाँका युवा ठगिने क्रम बढेको पाइएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्ने दलालको विश्वास गर्ने तर वैदेशिक रोजगारीमा जानुअघि आवश्यक पर्ने सूचना, कानुनी प्रक्रियाबारे ध्यान नदिँदा ठुलो धनराशि ठगी भएको पाइएको हो ।
सप्तरीमा एक महिना यता पानी परेको छैन । आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका किसान पानी नपरेका कारण चिन्तित बनेका छन् ।
बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।
गण्डकी प्रदेशमा नेपाली खस भाषाका अतिरिक्त गुरुङ र मगर भाषा पनि सरकारी कामकाजमा प्रयोग हुने भएका छन् । गण्डकी प्रदेश सभाको आठौँ अधिवेशनको २२ औँ बैठकले यससम्बन्धी विधेयक सर्वसम्मत पारित गरेको हो ।
गत शुक्रबार पश्चिम बागलुङको बडीगाड गाउँपालिका–२, खरबाङस्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले धान रोपाइँ गरेका छन् । यसपालि विद्यार्थीले हिउँदमा लगाएको मकै र तोरीसमेत राम्रो उत्पादन हुँदा शिक्षक, विद्यार्थी निकै खुसी भए ।
सप्तरीको सदरमुकाम राजविराजमा रहेको एक मात्र बस पार्क सञ्चालनमा आउन सकेको छैन । उद्घाटन भएको दुई महिना बितिसक्दा बस पार्क सञ्चालनमा आउन नसकेपछि सवारीसाधनहरू सडकमै पार्किङ गरिएको छ । जसका कारणसर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।
कोशी प्रदेशमा छ वर्षको अवधिमा वनक्षेत्रले ओगटेको जमिनको क्षेत्रफल करिब दुई प्रतिशतले वृद्धि भएको छ । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार यस प्रदेशमा आर्थिक वर्ष २०७५
कृषि उत्पादन वृद्धि र किसानको आयस्तर सुधार गर्ने उद्देश्यसहित कृषि विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा तीन करोड रुपियाँको लगानीमा ६४ वटा साना सिँचाइ कुलो निर्माण गरेको छ । विनियोजन भएका कुल ६८ वटा सिँचाइ कुलो भए पनि दुई वटा सम्झौता नै हुन सकेनन् भने दुई वटा सम्झौता भए पनि कार्यान्वयन भएनन् । चारदेखि पाँच लाखसम्मका ६४ वटा सिँचाइ योजना निर्माण भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो ।
लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसन प्रव्रिmया अगाडि नबढ्दा समस्या परेको छ । ५० वर्षअगाडि एक बिघा १५
कालीकोटको तिलागुफा नगरपालिकाको कर्मचारीको कुल दरबन्दी स्वीकृति सङ्ख्या ४७ जना हो । स्वीकृति भएको दरबन्दी सङ्ख्यामा सात जना मात्र खाली छन् । अन्य कर्मचारी विभिन्न क्षेत्रबाट पदपूर्ति भइसकेका छन् तर नगरपालिकाले सात जनाको ठाउँमा ८८ जना कर्मचारी करारमा भर्ना गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बाढी प्रभावित रसुवालगायत जिल्लाका बासिन्दालाई अझै जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । चीनको तिब्बतबाट आएको भोटेकोशीका
कतिपय बासिन्दाले जाजरकोट सदरमुकाम खलङ्गा बजारमा मकै पोलेर बिहान बेलुकाको छाक जुटाउने गरेको पाइएको छ । भेरी नगरपालिका–१२, धाइरागाउँकी कृष्णा भण्डारीले गाउँमा ज्याला मजदुरी नपाएपछि सहर पसी मकै पोलेर जीविकोपार्जन गर्नुभएको छ । सहरमा आइ उहाँले मकै पोलेर आमासहित पाँच दिदीबहिनीको छाक टार्नुभएको छ ।