नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ ।
दाङमा प्रहरीले अवैध हतियार पेस्तोलसहित एक जना युवालाई पक्राउ गरेको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड गएराति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँहरुमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।
निरन्तर वर्षापछि सडक भासिदा अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सुचारु भएको छ ।
लहान नगरपालिका १३, १४ र २४ काे प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी र मधेश प्रदेश प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे हाे ।
टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले मङ्गलबार बताएका छन् । अहिलेसम्म एक सय नौ जनाको ज्यान लिएको यो त्रासदीबाट बेपत्ता हुनेहरूको सङ्ख्यामा नाटकीय वृद्धि भएको छ ।
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेसँगै यहाँ जनसङ्ख्या र सहरीकरण बढ्दो छ ।
चितवनको खैरहनी नगरपालिकाले गाउँ टोलबाटै विवाद समाधान गर्ने उपाय सिकाउन कानुनी कक्षा सञ्चालन गर्न थालेको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताउनुभएको छ ।
नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ ।
कैलालीको विपत् प्रतिकार्य योजना अद्यावधिक भएको छ । मनसुनजन्य विपतबाट जिल्लावासीलाई जोगाउन विपत् प्रतिकार्य योजना अद्यावधिक गरिएको हो ।
खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको सङ्कट बढेकाले उक्त समस्या समाधानका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग र समन्वय गर्न आग्रह गर्नुभएको छ ।
कोरोना भाइरसको स3|क्रमणको जोखिम बढ्न थालेपछि विराटनगर महानगरपालिकाले बुधबारदेखि विशेष खोप अभियान सुरु गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई बुधबार सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ ।
मनसुन सक्रिय भएसँगै बाढी र डुबानको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको नारायणी नदी आसपासका बस्तीहरूमा प्रहरीले बाढी तथा डुबानसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरेको छ।