गण्डकी प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (आठौं तह) झलक शर्माविरुद्ध ६ करोड २६ लाख ९३ हजार १२९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
दक्षिण पश्चिम जिल्ला प्रहरीको सुरक्षा अभियानका क्रममा दिल्लीमा अवैध रूपमा बसोबास गरेको आरोपमा एक महिला ४० दिनको शिशुसहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको प्रहरीले बुधबार जनाएको छ ।
वर्षा नहुँदा मधेश प्रदेशमा खडेरीको समस्या बढ्दै गएको छ ।
बाँकेको कोहलपुर नगरपालिका –३ स्थित कोहलपुर बागेश्वरी इङ्ग्लिस मिडियम स्कूलमा अध्ययनरत तीन जना विद्यार्थी विद्यालयबाटै हराएका छन् ।
एकै दिनमा दुई हजार छ सयभन्दा बढी अफगान शरणार्थी परिवारहरू स्वदेश फर्केको बख्तर न्यूज एजेन्सीले बुधबार रिपोर्ट गरेको छ । उनीहरूमध्ये अधिकांश इरानबाट फर्किएका थिए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भएको वार्तामा गाजामा बन्दी बनाइएका बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई पराजित गर्न जारी सैन्य अभियानबारे छलफल गरेको बताउनुभएको छ ।
कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलामा श्राद्व गर्न गएका स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ स्वीट्जरल्याण्डस्थित जेनेभामा भइरहेको विश्व सूचना समाज सम्मेलन (डब्लुएसआइएस प्लस टुवान्टी) मा सहभागी हुनुभएको छ ।
लमजुङको दोर्दी गाउँपालिकाले सांस्कृतिक तथा शैक्षिक सम्बर्धन कार्यक्रम अन्तर्गत वडा १ र २ का ज्येष्ठ नागरिक र केही विद्यालयलाई बाद्यवादन सामग्री वितरण गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको बताउनु भएको छ ।
कैलालीमा कान्द्रा नदीले बगाउँदा बुधबार एक बृद्धाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा ४ माघी गाउँका ७० बर्षीय चुनबुधिया चौधरीको नदीले बगाएको अबस्थामा शव फेला परेको हो ।
अमेरिकाले छिटो सम्झौता हुने आशा व्यक्त गरेको दुई दिनपछि अर्मेनिया र अजरबैजानका नेताबिच बिहीबार संयुक्त अरब इमिरेट्स (युएई) मा शान्ति वार्ताका लागि भेटवार्ता हुने भएको छ ।
युक्रेनको सिमानामा रहेको रूसको कुस्र्क क्षेत्रको समुद्री तटमा मङ्गलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको क्षेत्रीय अधिकारीले बताएका छन् ।
भारतीय फोरेन्सिक अनुसन्धानकर्ताहरूले गत महिनाको लन्डनतर्फ गइरहेको यात्रु विमानको दुर्घटनामा मारिएका सबै दुई सय ६० जनाको पहिचान गरेको स्वास्थ्य अधिकारीहरूले बुधबार बताएका छन् ।
पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ।