पुनर्निर्माणपछि खुला गरिएको धरहरा अब दैनिक दुई चरण (सिफ्ट) मा खुला गरिने भएको छ । साउन १ गतेदेखि दुई चरणमा सञ्चालन हुने तयारी भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ । धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।
हालै आएको भीषण बाढीका कारण उच्च जोखिममा रहेका नागरिकहरूको उद्धार कार्य जारी छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत ३० जनालाई र सुरक्षाकर्मीहरूको टोलीद्वारा स्थलमार्गबाट थप २७ जनालाई सुरक्षित स्थानमा लगिएको छ ।
उज्वेकिस्तानमा हालै सम्पन्न एएफसी महिला एसियन कप छनोटमा नेपाली टोलीको कप्तानको विषयमा देखिएको विवाद बारे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को टोली ब्यवस्थापनले जवाफ दिएको छ ।
असार २५ गते आएको बाढीले खण्डहर बनाएको रसुवागढी क्षेत्र बुधबार दोस्रो दिन अलपत्र परेका नागरिकको उद्धार गर्ने कार्य जारी रहेको देखियो ।
अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा लेभल वान कोचिङ कोर्स बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
इङ्लिस क्लब चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
उज्वेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्न सफल कप्तान सवित्रा भण्डारी साम्बा’सहित १० खेलाडीलाई द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले नगद पुरस्कार तथा छात्रवृत्तिसहित सम्मान गरेको छ ।
गैर–आवासीय नेपाली सङ्घ (एनआरएन) क्यानडाका वर्तमान उपाध्यक्ष किरोज श्रेष्ठले आगामी कार्यकाल सन् २०२५–२७ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
झापाको बाह्रदर्शी गाउँपालिका १ खैरबारी स्थित भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
सिस्ने गाउँपालिकामा अवस्थित रुकुमपूर्वको सदरमुकाम रुकुमकोट र आसपासका भू-भाग ।
विभागीय टोली नेपाल पुलिस क्लब र श्री भगवती क्लब एन्फा यू–१६ युथ लिगमा बुधबार विजयी भएका छन् ।
प्रतिनिधिसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गरेको छ। सभाको आजको बैठकले उक्त संशोधन बमहुमतबाट स्वीकृत गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फरक क्षमता भएका व्यक्तिको जीविकोपार्जनमा देखिएका समस्या समाधानका लागि तीनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभएको छ ।
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट एक हजार ८६९ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।
श्राद्ध गर्न जाँदा कैलालीको गोदावरी नगरपालिका –४ स्थित गोदावरी नदीको टापुमा फसेका छजनाको सकुशल उद्धार गरिएको छ ।