घर आँगन सजाउने रहरले एउटा, दुईवटा बोट रोप्दारोप्दै घर आसपास फूलले ढाक्यो । अन्ततः त्यही सौख व्यवसायमा परिणत भयो । दुईवर्ष अघि उहाँले ‘सहयोगी पुष्प नर्सरी’ नै दर्ता गर्नुभयो । “यही व्यवसाय गर्छु भनेर सोचेकै थिइँन”, उहाँ भन्नुहुन्छ, “फूल रोप्दारोप्दै व्यवसाय गर्नुपर्ला कि भन्ने सोच आएर नर्सरी व्यवसाय दर्ता गरेकी हुँ ।”
अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा रु छ करोडमा अस्पताल भवन निर्माण भएको छ । सघन सहरी विकास तथा भवन आयोजनाले पाँच श्ययाको अस्पताल गर्न भवन निर्माण गरेको हो ।
बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदीमा फसेका तीनजनाको सकुशल उद्धार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीका कारण नदिको बिच टापुमा फसेका थिए ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यहाँको एक विद्यालयलाई सहयोग गरेको छ ।
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् विसं २०६७ असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो । त्यसको एक साक्षी हुनुहुन्छ अस्मिन राउत ।
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् ।
यहाँको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्नु परेको छ । तुलसीपुरस्थित अपाङ्ग समाज सुधारको सहकार्यमा सञ्चालित उक्त थेरापी सेन्टरले तीन जना कर्मचारीलाई ऋण खोजेर तलब खुवाउनु परेको जनाइएको छ ।
झापामा सवारी दुर्घटना हुँदा एक बालकसहित तीन जनाको ज्यान गएको छ । झापाको बाह्रदशीमा बुधबार अपराह्न भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
किसानलाई आधुनिक प्रविधिसगँ जोडेर उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका– ६ का ४० कृषकलाई अनुदानमा कृषि यान्त्रिकरण वितरण गरिएको छ ।
चीनसँगको व्यापारिक नाका रसुवागढी राम्रो चलनचल्तीमा थियो । १० वर्षअघिको भूकम्पका कारण तातोपानी नाकामा ठुलो क्षति भयो । ठाउँ ठाउँको भिर पहिरोले नाका काममा आउन सक्ने भएन । विकल्पमा रसुवागढी नाका सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार विस्तार गर्न थालियो । यो नाकालाई २०७४ सालमा नेपाल र चीन दुवैले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि पूर्वाधार अझ राम्ररी विस्तार हुन थाल्यो । सुक्खा बन्दरगाह पूरा हुने क्रममा थियो । कोरोना महामारीका कारण लामो समय काम रोकि
प्राचीन कालदेखि नै शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रको भूभाग कब्जा गरी उपनिवेश कायम गरेर त्यहाँको स्रोतसाधनको अधिकतम दोहन गर्दै आएका छन् । फिनिसन र ग्रिकहरूले भूमध्यसागरीय क्षेत्रमा आफ्नो नियन्त्रण बनाए भने रोमनहरूले युरोप, अफ्रिका र मध्यपूर्वका नगर राज्यलाई आफ्नो मातहतमा राखे, व्यापार बढाए । मध्यका
नागरिकले छानेका पात्र र पद्धतिबाट गरिने शासन लोकतन्त्र हो ।
गुरुपूर्णिमा, जसलाई व्यास पूर्णिमा, गुरु पूजा वा व्यास जयन्ती पनि भनिन्छ, हिन्दु धर्म, दर्शन र संस्कृतिको एक महìवपूर्ण पर्व हो, जुन प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन मनाइन्छ । गुरुपूर्णिमा शिक्षाका आदिपुरुष महर्षि वेदव्यासको स्मृति दिवसका रूपमा र गुरु तत्वको उपासना गर्ने पर्वका रूपमा स्थापित छ । गुरु भन्नाले केवल औपचारिक शिक्षा दिने मात्र होइन, अज्ञान अन्धकारमा डुबेका प्राणीहरूलाई ज्ञान प्रकाश प्रदान गर्ने, जीवनपथ देखाउने, आध्यात्मिक उन्नतिको द्वार खोल्ने, चेतनाको उज्यालोतर्फ उन्मुख गराउने व्यक्तित्वसमेतलाई बुझ्नु पर्छ ।