रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा ।
वर्षाका कारण पाँचथर जिल्लामा पर्ने प्रमुख राजमार्ग तथा स्थानीय सडक सञ्जाल प्रभावित भएका छन् । लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने अनुमान गरिएको । राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणका प्रवक्ता मोहम्मद हलिम रफीले अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने अनुमान गर्नुभएको हो ।
कैलालीमा अटाले ठक्कर दिँदा पैदल यात्री एक महिलाको मृत्यु भएको छ । बुधबार साँझ लम्की चुहा नगरपालिका–६ स्याउलेमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको अटोले पैदल यात्री स्थानी ५५ वर्षीया लक्ष्मी ढुङ्गानाको मृत्यु भएको हो ।
सामाजिक अध्ययनको पाठ पढाउँदा पढाउँदै सरले तथ्याङ्कको प्राथमिक स्रोत क्षेत्र भ्रमण हुने बताउनुभयो । क्षेत्र भ्रमणका लागि दियालो बङ्गला उपयुक्त हुने जस्तो हृदयमा आभास भयो । अनि योजना फुरी हाल्यो । भनिन्छ आफैँले देखेको र बुझेको सबैभन्दा राम्रो र प्रस्ट हुन्छ ।
मामुको कार्यालयबाट एकाएक हाइकिङ जाने योजना सुनेर म एकदमै खुसी भएँ ।
स्कुल बिदा कहिले हुन्छ र घुम्न जाऊँला भन्ने लागिराखेको थियो ।
यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको छ ।
मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ र फिदिमलाई सिमाना छुट्याएर बग्ने हेवाखोलामा निर्माण गरिएको डाइभर्सनमा बाढीले क्षति पु¥याएपछि सडक अवरुद्ध भएको छ । मङ्गलबार अपराह्नदेखिको अविरल वर्षासँगै आएको बाढीले हेवाखोलामा निर्मित डाइभर्सनमा क्षति पुगेको थियो ।
बाँकेको कोहलपुरबाट हराएका बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालक तीन दिनपछि बाँकेकै बैजनाथ गाउँपालिकाबाट भेटिएका छन् ।
बागलुङको जैमिनी नगरपालिका–९, पैयुँथन्थापमा मङ्गलबार राति आएको बाढीले करिब एक अर्ब चार करोड रुपियाँ बराबरको क्षति पुर्याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्याएको छ ।
धनुषाको विदेह नगरपालिका–२, दुहबीस्थित दुर्वासा मन्दिरपरिसरमा कर्नाटकालीन भनिएका नौ सय वर्ष पुराना मूर्ति र ऐतिहासिक वस्तु भेटिए पनि त्यसको ऐतिहासिक खोज, संरक्षण र प्रचारप्रसार अभावका कारण यो क्षेत्र ओझेलमा परेको छ ।
बुटवलको ज्योतिनगर पहिरो क्षेत्रको हलचल पत्ता लगाउन बेलायती अनुसन्धानकर्ताले पहिरो क्षेत्रमा राखेको क्यामराको चिप्स बेलायत पठाएका छन् ।
भोटेकोसी गाउँपालिका–२ मा पहिरो जाँदा अरिनिको राजमार्ग पूर्णरुपमा बन्द भएको छ । बुधबार बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरुपमा बन्द भएको हो ।
बर्दियाको बारबर्दिया नगरपालिका–१०, गुमस्ताका ५५ वर्षीय रुन्चे चौधरी र उहाँकी श्रीमती हिरामोती चौधरीको आँखामा आँसुका भेल थामिएको छैन । यतिबेला बारबर्दिया नगरपालिकाको गुमस्तागाउँ नै शोकमा छ ।