कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेट खर्चमा सुधार गरेको छ ।
गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी लिइरहेका छन् । सिंचाइका अभावमा बाँझिएका बारीहरुमा यतिबेला उखुखेतीले ढपक्कै बनेका छन् ।
पाकिस्तानका विभिन्न क्षेत्रमा रहेका बौद्ध सम्पदाहरुको चिनारी गराउने पुस्तक पास्तिानका बौद्ध सम्पदाहरु लोकार्पाण गरिएको छ ।
नवलपरासी पश्चिमस्थित सरावल गाउँपालिकाको वित्तिय प्रगति ८४.९४ प्रतिशत रहेको छ ।
यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आउनुभएको छ । चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन् । उहाँको फार्मबाट वार्षिक रु ३० लाख बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ ।
यहाँको षडानन्द नगरपालिका १० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि पठनपाठनमा सहजता भएको छ । एकान्तमा रहेको विद्यालयमा पशुचौपाया तथा मानिसहरुले उपद्रो गर्दा विद्यालयमा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहजता भएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ मा करिव ९० प्रतिशत खर्च गरेको छ ।
नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मजुदरको जीवनयापनका लागि पुग्ने न्यूनतनम पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ ।
यस वर्षको रोपाइँ कैलालीमा सम्पन्न भएको छ । जेठ अन्तिमतिरबाट किसानले रोपाइँ थालेका थिए । असार अन्तिमतिर रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले बजेट खर्चमा ऐतिहासिक प्रगति गरेको बताउनुभएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिकाले यस आर्थिक वर्षमा ७८ दश्मलव ४७ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा असारमामात्रै ३० प्रतिशत बढी बजेट खर्च गरेको छ । योजना कार्यान्वयन चरणको अन्तिमसम्म थोरै बजेट खर्चेको प्रदेश सरकारले असारमामात्रै नौ अर्ब १० करोड रुपियाँ खर्च गरेको हो ।