नेपाल आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा समूह ‘बी’ मा परेको छ ।
युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले बिहीबार अविश्वास मतको सामना गर्दै हुनुहुन्छ । अविश्वासको मतदान सफल हुने सम्भावना थोरै छ तर उहाँका समर्थकहरू र उहाँको नेतृत्व शैलीका बारेमा गुनासोहरू बिचको घर्षण उजागर भएको छ ।
गुरुपूर्णिमाको अवसरमा ज्यापु संस्कृति विकास कोषले बाजागुरुलाई सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा परम्परागत ६३ ज्यापु त्वाःगुथिका गुरुहरुलाई सम्मान गरिएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका –६ कालिखोलास्थित त्रिशुली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। अन्दाजी ५० वर्षिय पुरुषको केही अंग नभएको शव फेला परेको प्रहरीले जनाएको छ ।
गाउँमा झराली अर्थात श्रमदान प्रथा दुर्लभ बन्यो । आफ्नै मानो खाएर महिनौ सडक खनेका पुस्ता अझै समाजमा छन् । आफ्नो समुदायका काम आफैले मिलेर गर्दा खर्च हुन्थेन्, अपनत्व धेरै थियो । अहिले सामाजिक काममा कसैको रुची छैन ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत र एकातर्फी भएको आरोप लगाएको छ ।
बाँकेमा सामुदायिक र राष्ट्रिय वनबाट वार्षिक तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन हुने गरेको छ । डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार सामुदायिक वनबाट वार्षिक अढाई लाख क्युफिट र राष्ट्रिय वनबाट ९० हजार क्युफिट गरेर तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन हुने गरेको छ ।
दुई सयभन्दा बढी महिलाद्वारा सामूहिक श्रीशिवमहिम्नःस्तोत्र पाठ गरिएको छ ।
तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा व्यावसायिक तरकारीखेती गर्नुहुन्थ्यो । पछिल्लो समय उहाँले खेती विस्तार गरी ३० बिघा पुर्याउनुभएको छ । उहाँ समूहमा आबद्ध भएर तरकारीखेती गर्दै आउनुभएको हो । यहाँसँगै समूहमा ६१ जना कृषक आबद्ध छन् ।
सप्तरीको राजविराज नगरपालिका ९ स्थित मलेठ टोलमा बिहीबार आगलागी हुँदा दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापामा हात्तीको कारण जनजीवन प्रभावित बनेको छ । झापाका अधिकांश पालिकाहरुमा हात्तीको दैनिक आवत–जावत हुनेगरेको छ । यसैबिच कचनकवल गाउँपालिकाको दुई घरमा हात्तीले बुधबार राति क्षति गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ ।
लागूऔषध (अफिम) पाँच किलोसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका –१० तालबारीबाट जुनिचाँदे गाउँपालिका –१० का जयबहादुर बस्नेत पक्राउ परेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालगञ्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्टकृत अस्पतालको रुपमा स्तरोन्ततीका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ ।