प्रहरीले युके पठाइ दिने भनी एकचालिस लाख पचास हजार रुपियाँ ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिकासहित २३ जनाको मृत्यु भएको बताएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाई २ देखि ९ सम्मको आफ्नो पाँच राष्ट्रको भ्रमण समाप्त गर्दै बिहीबार बिहान नयाँदिल्ली फर्कनुभएको छ ।
अब सबै सङ्घीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ ।
बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता विरुद्धको अपराधमा दोष स्वीकार गर्नुभएको र पूर्व प्रधानमन्त्री शेख हसिनालाई औपचारिकरूपमा अभियोग लगाइएको बिहीबार पुनः सुरु भएको मुद्दामा अभियोजकहरूले बताएका छन् ।
सल्यानको एउटै पालिकाबाट तीन करोड २६ लाख बढीको खसी निकासी भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकामा समूह तथा सहकारीमा आबद्ध किसानहरूले एक वर्षमा खसी बिक्री गरेर तीन करोड २६ लाख ४३ हजार ६०३ रुपियाँ हात पारेका हुन् ।
गौर नगरपालिका १ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रूपियाँ र २ लाख १५ हजार ५ सय भारतीय रूपियाँ सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही रामनगर गाउँपालिका २ बस्ने ३० वर्षीय चन्दन पण्डितलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नेपाल फिफा विश्व वरीयतामा एक स्थान खस्किएको छ ।
खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित (बन्दीपुर) भुमर्से (ढाडखोला) सडकखण्ड र आसपासको हरियाली दृश्य ।
सांसदले ‘सुप्राग्लेशियल लेक’ (हिमताल) फुट्दा गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा आएको बाढीबाट धनजनको क्षति भएकाले उद्धारको पर्खाइमा रहेकाको तत्काल उद्धार, राहत व्यवस्थापन र पुनःस्थापनामा जोड दिनुभएको छ ।
प्रधामन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोवाटोस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण गरेको ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को बिहीबार उद्घाटन गर्नुभएको छ ।
पाकिस्तानको लाहोर, पञ्जाब प्रान्तका वरपरका जिल्लाहरू र बलुचिस्तानका केही भागमा भारी मनसुनी वर्षाले कम्तीमा ११ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको डनले बुधबार रिपोर्ट गरेको छ ।
दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा उहाँको संक्षिप्त मार्सल ल लगाउने कार्यसँग सम्बन्धित अभियोगमा नयाँ गिरफ्तारीलाई अनुमोदन गरेको छ ।
असार २४ गते राति भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडकखण्ड सशस्त्र प्रहरीसहितको सुरक्षार्मीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका स्थानीयलाई उद्धार गरेको हो।