बाँकेको डुडुवा गाउँपालिका –३ हलबलडोलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार करेन्ट लागेर ४० वर्षीय राधे खटिकको मृत्यु भएको हो ।
मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा त्रुटि भएको भन्ने विषयका सम्बन्धमा छानबिन गर्न छसदस्यीय कार्यदल गठन भएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनको व्यापार युद्धमा केन्द्रित आसियान वार्तामा भाग लिँदै एशियाली मुलुकहरूले बाँकी विश्वको तुलनामा ‘राम्रो’ कर दर प्राप्त गर्न सक्ने बताउनुभएको छ ।
सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गर्नुभएको छ ।
अछाममा एक विद्यालयका शिक्षकले आफूले तलब नपाएको भन्दै प्रश्न पत्र कब्जा गरेपछि विद्यालयको परीक्षा रद्द भएको छ । पन्चदेवल विनायक नगरपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयको आज हुने भनिएको विज्ञान विषयको परीक्षा रद्द भएको हो ।
छिमेकी मुलुक भारतले गण्डक सिँचाइ तथा जलविद्युत् योजनाको सम्झौताअनुसार गण्डक नहरमा पानी उपलब्ध नगराउँदा पर्सा, बारा र रौतहटमा कृषकलाई रोपाइँ गर्न समस्या भएको छ । तीन जिल्लाका कृषकले असारे धान रोपाइँका लागि बिउ तयार गरे पनि पानी उपलब्ध नहुँदा धान रोपाइँ प्रभावित बनेको छ ।
सुदूरपश्चिम क्षेत्रमा पर्ने मल्लागिरी पर्वत अन्तर्गतको बडी मालिका मन्दिर पुन निर्माणको कार्य सम्पन्न भएको छ ।
बिहिबार दिउँसो बेलौरीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु.प.प्र. ००१–९२९ नम्बरको बसले शुक्लाफाँटा नगरपालिका–१ बनसाह तल्लोचौराहमा सडकमा हिनिरहेको अवस्थामा ५५ वर्षीय द्रोपती भट्टलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
भोटेकोसी नदीमा असार २४ गते आएको भीषण बाढीपछि प्रभावित ४८५ जनालाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएका छन्। स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड अवरुद्ध भएपछि सशस्त्र प्रहरी बलको टोलीले अस्थायी पदमार्ग निर्माण गरी ती नागरिकहरूको उद्धार गरेको हो।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित हरिप्रसाद गौतमको घरमा आगलागी हुँदा ६५ वर्षीय उर्मिला तामाङको मृत्यु भएको छ ।
नेपालीले भारतको बेङ्गलोरबाट चोरेर ल्याएको गहनासहित विभिन्न देशको मुद्रा कैलाली प्रहरीले बरामद गरी सम्बन्धित धनीलाई बुझाएको छ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले लक्ष्य भन्दा दोब्बर बढी राजस्व रकम सङ्कलन गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य अर्थात् अनुमान गरेको भन्दा दोब्बर बढी आन्तरिक राजस्व रकम सङ्कलन गरेको हो।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित थाक्पु खोलामा आएको बाढीले मोटर गुड्ने काठेपुल बगाउँदा यातायात ठप्प भएको छ। तमोर कोरिडोर सडकअन्तर्गत रहेको थाक्पु खोलाको काठेपुल बाढीले बगाउँदा बुधबार रातिदेखि यातायात ठप्प भएको हो ।
प्रहरीले युके पठाइ दिने भनी एकचालिस लाख पचास हजार रुपियाँ ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।