असार २४ गते राति भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडकखण्ड सशस्त्र प्रहरीसहितको सुरक्षार्मीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका स्थानीयलाई उद्धार गरेको हो।
अमेरिकामा जारी प्रतियोगितामा बुधबार राति पिएसजीले स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
जब सफल कलाकार आइ-डाले यस हप्ता राजा चाल्र्सको नयाँ चित्र अनावरण गर्यो, ह्युमनोइड (मानव सदृश) रोबोटले स्तरित र जटिल टुक्रालाई प्रेरित गरेको वर्णन गर्यो र मानिसहरूलाई ‘प्रतिस्थापन’ गर्ने कुनै योजना नभएको जोड दियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमबहादुर शाहले आफूले विश्वासको मत लिने वा नलिने विषयमा कानुनी बहस भइरहेको बताउनु भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले लामो समयदेखि प्रतिक्षारत विद्यालय शिक्षा विधेयक अझै पनि अनिश्चित रहनु देशको शैक्षिक भविष्यका लागि चिन्ताको विषय भएको बताउनुभएको छ।
मस्कोले युक्रेनमा लगातार दुई दिनमा दोस्रो ठूलो आक्रमण गरेपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार मलेसियामा आफ्ना रुसी समकक्षीसँग भेट गर्नुहुनेछ ।
नेपाल आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा समूह ‘बी’ मा परेको छ ।
युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले बिहीबार अविश्वास मतको सामना गर्दै हुनुहुन्छ । अविश्वासको मतदान सफल हुने सम्भावना थोरै छ तर उहाँका समर्थकहरू र उहाँको नेतृत्व शैलीका बारेमा गुनासोहरू बिचको घर्षण उजागर भएको छ ।
गुरुपूर्णिमाको अवसरमा ज्यापु संस्कृति विकास कोषले बाजागुरुलाई सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा परम्परागत ६३ ज्यापु त्वाःगुथिका गुरुहरुलाई सम्मान गरिएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका –६ कालिखोलास्थित त्रिशुली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। अन्दाजी ५० वर्षिय पुरुषको केही अंग नभएको शव फेला परेको प्रहरीले जनाएको छ ।
गाउँमा झराली अर्थात श्रमदान प्रथा दुर्लभ बन्यो । आफ्नै मानो खाएर महिनौ सडक खनेका पुस्ता अझै समाजमा छन् । आफ्नो समुदायका काम आफैले मिलेर गर्दा खर्च हुन्थेन्, अपनत्व धेरै थियो । अहिले सामाजिक काममा कसैको रुची छैन ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत र एकातर्फी भएको आरोप लगाएको छ ।
बाँकेमा सामुदायिक र राष्ट्रिय वनबाट वार्षिक तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन हुने गरेको छ । डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार सामुदायिक वनबाट वार्षिक अढाई लाख क्युफिट र राष्ट्रिय वनबाट ९० हजार क्युफिट गरेर तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन हुने गरेको छ ।
दुई सयभन्दा बढी महिलाद्वारा सामूहिक श्रीशिवमहिम्नःस्तोत्र पाठ गरिएको छ ।
तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा व्यावसायिक तरकारीखेती गर्नुहुन्थ्यो । पछिल्लो समय उहाँले खेती विस्तार गरी ३० बिघा पुर्याउनुभएको छ । उहाँ समूहमा आबद्ध भएर तरकारीखेती गर्दै आउनुभएको हो । यहाँसँगै समूहमा ६१ जना कृषक आबद्ध छन् ।