• २६ असार २०८२, बिहिबार

त्रिशुली नदी किनारमा भेटियो पुरुषको शव

blog

चितवनको इच्छाकामना गाउँपालिका –६ कालिखोलास्थित त्रिशुली नदी किनारमा भेटिएको शव ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार २६ गते । चितवनको इच्छाकामना गाउँपालिका –६ कालिखोलास्थित त्रिशुली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। अन्दाजी ५० वर्षिय पुरुषको केही अंग नभएको शव फेला परेको प्रहरीले जनाएको छ । 

शव भेटिएको खबर पाउनासाथ मनसुनजन्य विपद् प्रयोजनार्थ सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेस भालढुङ्गबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले शवको मुचुल्का उठाई भरतपुर जिल्ला अस्पताल लगेको जनाएको छ । फेला परेको शवको पहिचान हुन बाँकी रहेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले बताउनुभयो ।  

असार २४ गते रसुवामा आएको बाढीमा बेपत्ता व्यक्तिको शव हुन सक्ने आशंका थापाले गर्नुभयो ।