सरकारको भुक्तानी रोक्का हुने अन्तिम दिन अर्थात् चालु आर्थिक वर्षको असार २५ गते एकै दिन सर्वाधिक पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार उक्त दिन मात्रै २१ अर्ब ७३ करोड रुपियाँ खर्च भएको छ जुन चालु आव २०८१/८२ कै सर्वाधिक हो । विगतका वर्षका तुलनामा पनि यस्तो खर्च सबैभन्दा उच्च देखिन्छ ।
अब चेक अनादर गर्ने व्यक्ति कालो सूचीमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन/परिमार्जन/थप गर्दै चेक बाउन्ससम्बन्धी नयाँ व्यवस्था गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरोबाट ठुलो मात्रामा धनजनको क्षति भएकाले राज्य संवेदनशील हुनुपर्ने माग राखेको छ ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेतालाई गरेको निलम्बन र निष्कासनप्रति असन्तुष्टि व्यक्त भएको छ । कांग्रेस नेता डा. शेखर कोइरालाले बिहीबार बैठक आह्वान गरी कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने निर्णय गर्नुभएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीले अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले सुधार गरेको छ । २०८० सालको एसइईमा कर्णालीमा उत्तीर्ण प्रतिशत ४२ भएकोमा यस पटक १४ प्रतिशतले सुधार गरी ५६.७८ प्रतिशत भएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७२ पैसा र बिक्रीदर १३७ रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ ।
दक्षिण एसियामा आतङ्कवाद अन्त्य गर्दै क्षेत्रीय शान्ति स्थापनाका लागि सामूहिक पहलको आवश्यकता रहेको विभिन्न क्षेत्रका विज्ञले औँल्याएका छन् । पू
उच्च अदालत पाटनमा पहिलो पटक दुई वर्ष नाघेका मुद्दा शून्यमा झरेका छन् । दुई वर्ष नाघेका मुद्दा ४०७ थान रहेकामा चालु वर्षको अन्त्यसम्म मुद्दा शून्य भएका हुन् । कार्यबोझका हिसाबले देशकै धेरै मुद्दा भएको उच्च अदालतमा पहिलो पटक दुई वर्ष नाघेका मुद्दा शून्य भएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका सम्पूर्ण कमिटीको ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको उल्लेख गर्नुभएको छ ।
झन्डै एक महिनादेखि सुरु भएको सुनचाँदी व्यवसायीको आन्दोलन स्थगन भएको छ । सरकार र सुनचाँदी व्यवसायीबिच बिहीबार विभिन्न पाँच बुँदामा सहमति भएपछि विरोधका कार्यक्रम स्थगन भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीन सरकारसँग पनि समन्वय गर्नुपर्ने धारणा राख्नुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको जोखिम न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
दैलेखको नारायण नगरपालिका –१ कुइकानाका प्रेम कोइरालालाई हिजोआज पुराना दिनको सम्झनाले हुरुक्कै बनाउँछ । नबनाओस् पनि किन ? ९२ घरधुरी थियो, गाउँमा १७ वटा पानीका मुहान थिए । हरेकले आफूलाई पुग्ने तरकारी फलाउँथे । सबैजसोका बारीमा सुन्तला, केरा र आँप लगायतका फलफूल थिए । समयअनुसार त्यो चित्र धमिलो बन्दै गयो ।