कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।
आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ ।
कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा किसान सूचीकरणसम्बन्धी समन्वय गोष्ठी सम्पन्न भएको छ ।
सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा भएको छैन । विभागले भनिएको ‘स्टिल बेलिब्रिज’को बोलपत्र रद्द गरेको छ ।
नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी योजना थपिएका छन् । सङ्घीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको लगानीमा कार्यान्वयन हुने तीनवटा सडक स्तरोन्नतिसम्बन्धी आयोजना कार्यान्वनयका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६० करोडमा ठेक्का सम्झौता भएको छ ।
बौद्धिक अपाङ्गता भएका बालबालिकालाई अलग्गै राखेर अध्यापन गराउनका लागि भरतपुरमा छुट्टै विद्यालय निर्माण गर्न सुरु गरिएको छ । चितवन र आसपासका जिल्लामा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई
धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा)मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् ।
एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माणकार्य अझै सम्पन्न भएको छैन । बागलुङको बडिगाड गाउँपालिका–५ का स्थानीयले केन्द्रीय प्रसारण लाइनको तार तान्न अवरोध गरेपछि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो ।
पश्चिम नवलपरासीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउन महत्त्वपूर्ण योगदान दिने १४ जना जना शिक्षकहरूलाई सम्मान गरिएको छ ।
अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न मोरङको सुनबर्सी–८, कुरेलीमा निर्माण भएका घरमा विपन्न परिवारलाई अझै सार्न सकिएको छैन । विसं २०७६ मा निर्माण सुरु भ
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा