महिला उद्यमी महासङ्घले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै उहाँले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभएको हो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४ औँ अधिवेशन एवम् सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भई आज स्वदेश फर्कनुुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारी अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुनुहुन्छ । विसं २०३८ देखि संसदीय राजनीतिमा सक्रिय उहाँ पछिल्लोपटक विसं २०७९ को आम निर्वाचनमा महोत्तरी निर्वाचन नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो ।
धान हुने खेत प्युठानको झिमरुक फाँटमा पछिल्लो समय ड्रागन फ्रुट फल्न थालेको छ । करीव १५ रोपनी क्षेत्रफलमा लगाइएको ड्रागन फ्रुट अहिले बिक्री गर्न सुरु गरिएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र सिङ्गापुर सरकारका डिजिटल विकास तथा स्वास्थ्य राज्यमन्त्री रहायू महजामबिच द्विपक्षीय भेटवार्ता भएको छ।
लागुऔषधसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले भजनी नगरपालिका–५ लालबोझीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा स्याङ्जामा सङ्घीय र प्रदेशको समग्रमा ७८.८२ प्रतिशत पूँजीगत खर्च भएको छ ।
समयमा वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएपछि मधेश प्रदेश सरकारले सम्पूर्ण प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
ताप्लेजुङका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये उक्त सङ्ख्यामा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका हुन् ।
कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो । बाइस वर्षअघि उहाँका पिताले थालेको सागसब्जी खेतीलाई उहाँले व्यावसायिक रूपमा अघि बढाउनुभएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा मल वितरण सुरु गरिएको छ । यस वर्ष ढिलो गरी मल उपलब्ध हुँदा शुक्रबारदेखि खाद वितरण सुरु गरिएको कृषि सहकारीहरूले बताएका छन् ।
जन्मदिन मनाउने चलन अचेल गाउँ सहर सबैतिर देखिन्छ ।
गत शैक्षिक सत्र २०८१ को सुरुमै हाम्रा कक्षा शिक्षक इन्द्रकुमार श्रेष्ठले हाम्रो सेक्सनका विद्यार्थीलाई भन्नुभएको थियो,
उच्च जीवनस्तरका लागि आफ्नो जन्मभूमि त्यागेर बिदेसिनुलाई बौद्धिक पलायन भनिन्छ । यो समस्या अहिले नेपालमा गम्भीर चुनौतीका रूपमा देखा परेको छ । सिप र श्रमयुक्त युवा विदेशको रमझममा रमाउन आफ्नो जन्मभूमि त्यागेर बिदेसिने गरेका छन् ।
। सप्तरीको सप्तकोशी नगरपालिका– १ स्थित खोरियाटोलमा फलामको गेटले किचिएर एक बालकको मृत्यु भएको छ । स्थानीय सञ्जिव कट्वालका चार वर्षीय छोरा समिरजङ कट्वालको बिहीबार मृत्यु भएको हो ।