तीन किलो चार सय ग्राम लागू औषध कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०८१-०८२ मा तनहुँमा सङ्घीय सरकारको विकास बजेट खर्च करिब ६५ प्रतिशत भएको छ ।
तर, सामुदायिक वनमार्फत पहिलो पटक गरिएको खोल्सा–खोल्सी व्यवस्थापनले अहिले उक्त जोखिम नियन्त्रणमा आएको छ ।
राष्ट्रियसभामा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिएको छ ।
जलवायु परिवर्तनका कारण देखिएको खडेरी तथा भूसतहमा पानीकाे मात्रा जाँदा चापाकलमा पानी आउन छाडेपछि खानेपानीको चरम अभावले बीरगञ्जबासीको जनजीवन प्रभावित भएको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् ।
मौद्रिक नीति सार्वजनिक गर्नुहुदै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताउनुभयो । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ ।
सिरहाको धनगढीमाई नगरपालिका–१३ भरनैनी बस्तीका करिब १५० घर परिवारले खानपानीको चरम सङ्कट भोगेको लामो समय भयो । तीन वटै तहका सरकारको उपस्थितिपछि पनि पानीको समस्याले दीर्घकालीन समाधानको बाटो पाउन सकेको छैन ।
सरकारले पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘युवा पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘युवा पत्रकारिता पुरस्कार-२०८१’ वितरण समारोह कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले सो पुरस्कार प्रदान गर्नुभएको हो ।
छाडा पशुचौपाया व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अवस्थित गौशालाले छाडा पशुको व्यवस्थापनसँगै आम्दानी गर्दै आएको छ ।
विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट रु चार करोड ८३ लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।
काठमाडौँको चन्द्रागिरिमा एउटा मोटरसाइकल अनियन्त्रित भएर स्कुटरमा ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ ।
बुटवलवासीलाई स्वच्छ, गुणस्तरीय मासु उपलब्ध गराउन बुटवलमा करोडौँ लगानीमा स्थापित अत्याधुनिक पशु बधशाला सञ्चालन हुन नसक्दा अलपत्र परेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई पठाएको पत्रमा अगस्ट १ देखि अमेरिकामा क्यानाडाको निर्यातमा ३५ प्रतिशत भन्सार शुल्क लगाइने बताउनुभएको छ ।