युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको ‘युवा पत्रकारिता पुरस्कार’ चार जना पत्रकारलाई प्रदान गरेको छ । सञ्चारकर्मी प्रकृति दाहाल र गगनशीला खड्का (कान्तिपुर पब्लिकेशन) ममता थापा (अन्नपुर्णपोष्ट) र सुशील दर्नाल (राष्ट्रिय समाचार समिति) उक्त पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।
काभ्रे जिल्लाको नाला उपत्यकादेखि बनेपासम्मको दृश्य ।
गत साउन २२ गते डिभिजन वन कार्यालय जाजरकोटका जिल्ला वन अधिकृत अमर प्रसाद साहमाथि कार्यकक्षमै कुटपिट गरेको आरोपमा एक जना मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी नगरपालिका–७ बस्ने बिराजन शाही रहेका छन् ।
हेल्थ फाउन्डेसन नेपाल, युएसए (एचएफएन)को १३ औँ सम्मेलन अमेरिकाको न्युयोर्कमा हुने भएको छ ।
अध्यागमन विभाग अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले कार्यरत कर्मचारीका लागि नैतिक संहिता ( कोड अफ इथिक्स्) लागू गरेको छ । बिहीबारदेखि लागु हुने गरी कार्यालयले कर्मचारीहरूका लागि संहिता लागु गरेको जनाएको छ ।
सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई तेहरानले ज्यान मार्ने धम्की दिएको नोबेल समितिले शुक्रबार जनाएको छ ।
युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार गर्नु नहुने बताएको छ ।
देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जित्नु भएका गजलकार प्रदीप रोदनको दमौलीमा प्रस्तुति हुने भएको छ।
स्तरोन्नतिको चरणमा रहेको पूर्वपश्चिम लोकमार्गको कमला–पथलैया खण्डको १३० किमी सडक दायाँबायाँका रुख व्यवस्थापनका लागि बल्ल स्वीकृति आएको छ ।
दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच शुक्रबार सियोलमा भेट भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन सहयोगीहरूलाई रक्षा खर्च र व्यापारमा दबाब दिनुभएको छ ।
पाँचथर जिल्लाका दुई फरक स्थानमा बुधबार फेला परेका दुई शवको पहिचान खुलेको छ। जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्वा र फाल्गुनन्द गाउँपालिका–७ सुलुम्फी क्षेत्रमा एकैदिन दुई वटा शव भेटिएका थिए।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कमजोर सरसफाइ अवस्था कारण छिमेकी राष्ट्रहरूबाट निर्वासित अफगान आप्रवासीहरूमा सङ्क्रामक रोगहरूको बढ्दो फैलावटको बारेमा चेतावनी जारी गरेको खामा प्रेसले जनाएको छ ।
बागलुङको काठेखोला गाउँपालिको चालु आर्थिक वर्ष २०८१-०८२ मा ९१ प्रतिशत बढी बजेट खर्च गरेको छ ।
प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक र फोटोग्राफरका रूपमा काम गरेका पत्रकार अहमद सलामा अबु आइशाको मृत्युको घोषणा भएपछि इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा मारिएका पत्रकारहरूको सङ्ख्या दुई सय २९ पुगेको छ ।
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ ।