हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट नगर सभाको अधिवेशनबाट पारित भएको छ ।
नेपालका हलमा शुक्रबारदेखि एक नेपालीसहित तीन चलचित्र प्रदर्शनमा आएका छन् । नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’, हलिउडको ‘सुपरम्यान’ र हिन्दी चलचित्र ‘मालिक’ प्रदर्शन भएका छन् । ‘यो मन त मेरो नेपाली हो’
नेपालकै पहिलो हरित विद्यालय वज्र एकेडेमीका विद्यार्थीद्वारा सञ्चालित वातावरणीय अभियान ‘वज्र इको क्लब’ लाई ‘वातावरण संरक्षण पुरस्कार’ प्रदान गरिएको छ । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रमबिच १० हजार रुपियाँसहितको पुरस्कार क्लबलाई हस्तान्तरण गरियो ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ९९ पैसा र बिक्रीदर १३७ रुपियाँ ५९ पैसा निर्धारण गरिएको छ ।
कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ मा पनि बजेट कार्यान्वयन निराशाजनक देखिएको छ । ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यसम्म जम्मा ६४.८६ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ ।
म्याग्दीमा आगामी आर्थिक वर्षका लागि जिल्ला दररेट निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले आर्थिक २०८२/०८३ मा कामदारको ज्याला, स्थानीय निर्माण सामग्री, आयातित निर्माण सामग्री सामग्री, मेसिन तथा उपकरणहरुको भाडा, तथा अन्य विभिन्न सामग्रीहरुको दररेट निर्धारण गरेको हो ।
लामो समयदेखि बन्द रहेका सुन पसल शुक्रबारदेखि खुलेका छन् । सरकार र सुनचाँदी व्यवसायीबिच बिहीबार छबुँदे सहमति भएपछि पसल खुला गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार बनेको एक वर्ष पुग्न लाग्दा अर्थतन्त्र क्रमशः लयमा फर्कन थालेको बताउनुुभएको छ ।
अर्थतन्त्र सुस्त तर सुधारोन्मुख रहेको निष्कर्षसहित नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो तथा उदार मौद्रिक नीति ल्याएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न गठित समितिले अहिलेसम्म पारिश्रमिकको टुङ्गो लगाउन सकेको छैन ।
राष्ट्रिय सभाका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह र संरक्षणका लागि विद्यमान कानुनी व्यवस्था पर्याप्त नभएको जिकिर गर्नुभएको छ । उहाँहरूले ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित र सम्मानित बनाउन कानुनी सुनिश्चितता माग गर्नुभयो ।
गाडी, मोटर चलाउन निर्माण भइरहेको सडकमा कुलोमाथि कुलो बनाएर योजना पास भएको छ । सडकमा पहिलेदेखि नै कुलो थियो । त्यसमाथि नगरपालिकाले कुलोसँगै जोडेर नयाँ कुलो बनाएपछि चौतर्फी आलोचना भएको छ ।
नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताउनुभएको छ । उहाँले राजनीतिमा कँडेलको जस्तो निष्ठाको खडेरी भएको बताउनुभएको छ ।
पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ।