प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्था परिवर्तन गर्न निर्देशन दिनुभएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि जिल्ला सुरक्षा समितिसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्थामा क्रान्तिकारीरुपमा परिवर्तन गर्न निर्देशन दिनुभएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध पनि उत्तिकै सुमधुर रहेको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ । शुक्रवार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो ।
माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन् ।
गोरखापत्र अनलाइनको साप्ताहिक कार्यक्रम ‘सांसदलाई सवाल’ले ५० औँ शृङ्खला पार गरेको छ। २०८१ साल साउन १२ गते सुरु भएको ‘सांसदलाई सवाल’ले २०८२ साल असार २१ गते ५० औँ शृङ्खला पार गरेको हो।
स्पेनमा गर्मीको लहर, डढेलो, आँधी र बाढीजस्ता चरम मौसम घटनाहरू बारम्बार र उग्ररूपमा देखापर्न थालेका छन् । यसले जनस्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने भन्दै एक जलवायु विज्ञले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।
अमेरिकी डलर साटी दिन्छु भनी रकम लुट्ने चार युवा पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।
म्यानमारको मुस्लिम बहुल अल्पसङ्ख्यक समुदायको सामूहिक पलायनपछि पछिल्लो १८ महिनामा बङ्गलादेशमा सबैभन्दा ठूलो सङ्ख्यामा रोहिङ्ग्या शरणार्थीको आगमन भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।
नेपाली कांग्रेसले पार्टीका मनाङका संस्थापक सदस्य राज घलेको निधनप्रति दुःख व्यक्त गरेको छ ।
प्रहरीले गत महिना ४३ देशमा मानव बेचबिखनका सम्भावित पीडित एक हजार १९४ जनाको उद्धार गर्नुका साथै १५८ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको युरापेली सङ्घको कानुन कार्यान्वयन निकायले शुक्रबार जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको ‘युवा पत्रकारिता पुरस्कार’ चार जना पत्रकारलाई प्रदान गरेको छ । सञ्चारकर्मी प्रकृति दाहाल र गगनशीला खड्का (कान्तिपुर पब्लिकेशन) ममता थापा (अन्नपुर्णपोष्ट) र सुशील दर्नाल (राष्ट्रिय समाचार समिति) उक्त पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।
काभ्रे जिल्लाको नाला उपत्यकादेखि बनेपासम्मको दृश्य ।
गत साउन २२ गते डिभिजन वन कार्यालय जाजरकोटका जिल्ला वन अधिकृत अमर प्रसाद साहमाथि कार्यकक्षमै कुटपिट गरेको आरोपमा एक जना मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी नगरपालिका–७ बस्ने बिराजन शाही रहेका छन् ।