लिखुरे भारतको गुजरात कमाउन गएको दुई वर्ष भयो । आमा हिउँकलीका मनमा बाबु नहु“दा सानो छोरा परदेश कमाउन गएको वर्ष दसैँतिहारमा नआउँदा कति अमिलो मन भएको थियो । यो दसैँमा नआए पनि तिहारमा अवश्य आउँछ होला ।
प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिनुभएको छ ।
मकवानपुर प्रहरीले मकवानपुर बकैया गाउँपालिका–५ स्थितराजदमारबाट जुवा खालबाट २२ जनालाई पक्राउ गरेको छ ।
सञ्चो छैन । पटक्कै सञ्चो छैन आज । टाउको भारी छ, फुट्ला जस्तो । त्यसमाथि वाकवाकी लाग्ने । यसो हलचल गर्दा पनि रिँगटा लागिहाल्ने । खालि पल्टिरहन, सुतिरहन मन लाग्ने । यस्तो भइरहन्छ मलाई । समय समयमा यस्तो भइरहन्छ ।
“अ, साँच्चै ! माड्साबका छोराहरू पनि छुट्टिएछन् है !” परबाट आउँदै गरेका होतराजले मतर्फ हेर्दै यति भनेको सुन्दा मेरो मन फेरि एक तमासको भयो । मलाई नै भनेको भनेर बुझ्न मलाई कुनै कठिनाइ भएन । कतै पनि नभनेको विषय पनि कति छिटो गाउँभरि फैलिइसकेछ ?
गर्यौ अक्षरका खेती भाषा खासा बढाउँदै । वीर हास्य र शृङ्गार रसमा गड्गडाउँदै ।।
छानो तप्प चुहेर आँगन भयो खाँबो भिजेको छ है बिछ्यौना पनि ओसिलो हुन गयो के हुन्छ तातो र खै आगो निभ्न गयो र बाहिर गए, जो बास बस्थे अघि हाहाकार भयो भनौँ म कसरी गाह्रो छ हो जिन्दगी
पश्चिम नेपालकै ठुलो नाका मध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा तरकारी र फलफूलको आयात उल्लेख्य परिमाणमा घटेको छ ।
पश्चिम नवलपरासीको सुनवलमा शहीद विष्णु पाण्डे प्रतिष्ठान संग्रहालय निर्माण तीव्र गतिमा अगाडि बढेको छ । यो संग्रहालयले जनआन्दोलन २०६२/०६३ का शहीदहरूको बलिदानलाई जीवन्त राख्ने र नयाँ पुस्तालाई लोकतान्त्रिक आन्दोलनको महत्त्व बुझाउने लक्ष्य राखेको छ ।
विद्यालय महाविद्यालयमा अध्यापनको अनुभव बटुलेका जुक्तिजङ्ग लामिछाने सफल सिर्जनाका शिल्पकार हुनुहुन्छ । नेपाली साहित्य जगत्मा ‘उषाका लालिमा’ नामक पहिलो कवितासङ्ग्रह प्रकाशन गरी साहित्यिक यात्रा प्रारम्भ गरेका लामिछानेले ‘तत्वमसी’ उपन्यास दोस्रो कृतिका रूपमा पाठकसामु आउनुभएको छ ।
छत्तिस साल भर्खरै सकिएको थियो । बहुदल निर्दलको राजनीतिक हावाहुरी शान्त देखिए पनि पूर्ण रूपमा बिलाइसकेको थिएन ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ ।
जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनले ११ महिनामा ४४ हजार ९७२ जनालाई बहिरंग (ओपिडी) सेवा प्रदान गरेको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिकाको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने वडा नं. १२ घारीबथानमा यो वर्ष साढे तीन किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको छ । मधेश प्रदेश सरकार, नगरपालिका र वडा कार्यालयको बजेटबाट पहि
चितवनको देवघाटमा निर्माणाधीन विद्युतीय शवदाह गृहको निर्माण सात वर्षपछि सम्पन्न भएको छ । विसं २०७५ माघ ३ गते निर्माण सम्झौता भएको सो भवन पटक पटक म्याद थपपछि अहिले निर्माण सम्पन्न भएको हो ।