वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका छन्।यस वर्षको वर्षामा चन्द्रागिरि १, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन्।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गर्मी याममा तराई मधेश क्षेत्रमा देखिएको भूमिगत जलको संकट समाधानका लागि तिनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ।
वन व्यवस्थापनलाई दिगो तथा प्रभावकारी वनाउन बर्दीबासमा शनिबार देखिसुरु भएको प्रदेशस्तरीय साझेदारी वनको कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै मन्त्री यादवले सो कुरा बताउनुभएको हो ।
गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले २०८२ साल असार २९ गते आइतबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
ताप्लेजुङमा गत वैशाख पहिलो साता आयोजना गरिएको कञ्चनजङ्घा हीरक महोत्सवमा आयोजकले घाटा बेहोर्नु परेको छ। महोत्सव आयोजक कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले करिव ३१ लाख रुपियाँ घाटा बेहोर्नुपरेको हो।
इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरिएका एक पुरुषलाई ‘सार्वजनिक’ रूपमा फाँसी दिइएको छ ।
महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशाल घाँसे मैदान । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्जमा ५४ वर्ग किलोमिटरमा विशाल घाँसे मैदान छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चाहेमा देशको विकास चाँडै हुने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभएको छ ।
पूर्व युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले विराटनगरमा गिरिजाप्रसाद कोइराला स्मृति क्रिकेट रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले १६ करोड रुपियाँ विनियोजन गरेको बताउनुभएको छ ।
गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबिच कतारमा भइरहेका अप्रत्यक्ष वार्तामा इजरायलको सेना फिर्तीसम्बन्धी प्रस्तावले ठूलो अवरोध सिर्जना गरेको दुईजना प्यालेस्टिनी स्रोतहरूले शनिबार बताएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा माथि विश्व फुटबल महासङ्घ (फिफा) ले लगाएको ‘कन्ट्रोल फन्डिङ’ हटाएको छ ।
पेरुको लिमा क्षेत्रमा शुक्रबार बिहान भएको एक अन्तर-प्रदेशीय बस दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् ।
नेपालमा रातिमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ लाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको छ ।
कानुन सक्रिय हुँदा राजनीति मौन बस्नुपर्छ । प्रतिपक्षीले प्रश्न उठाउँदा त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ । प्रश्न र गुनासो मात्रै नभई अहिले देखिएको भिजिट भिसा प्रकरणजस्तो विषय छानबिनबाट टुङ्गिनुपर्छ ।