आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ । भानु नगरपालिका–४ चुँदी रम्घास्थित आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
कञ्चनपुरको वेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय घाइते छाडा चौपायाको स्याहारमा समर्पित हुभएको छ । पेसाले नेचर गाइड पनेरु सात वर्षदेखि अभियान नै चलाएर घाइते जनावरको उपचार र स्याहारमा समर्पित छन् ।
साउन लाग्नै गर्दा पनि हुम्लाको सयौँ हेक्टर खेतबारी अझै सुक्खै छन् । धान र कोदोको बीउ तयार भए पनि खेतबारीमा पानी छैन । किसान बनेर आकाशतिर हेरिरहन्छन् । बर्खाको भरमा धान लगाउने किसान यस वर्ष वर्षा नभएपछि निराश छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार किलो आलु फलाउनुभएको छ ।
जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ ।
काठमाडौँदेखि दाङ आउँदै गरेको बस दुर्घटनामा परी घाइते भएका २९ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले दुर्घटनामा परी घाइते भएकाको पहिचान खुलेको जानकारी दिनुभयो ।
विकास र जनसङ्ख्याको गति सँगै हुनु पर्छ । प्रत्येक मानिसले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रूपमा लिनु पर्छ । विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्छ । हिजो जनसङ्ख्या बढेर विस्फोटको समयमा परिवार नियोजनलाई जोड दिइएको थियो । त्यसका लागि परिवार नियोजन गर्ने संस्थाहरू बने । सञ्चार माध्यमले परिवार नियोजनसम्बन्धी सूचना प्रचारप्रसार गरे । जनसङ्ख्या नियन्त्रणमा आयो पनि । आज विश्वव्यापी रूपमै जनसङ्ख्या
सङ्घीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ ।
नेपालमा तीन तहका सरकार भएको जगजाहेर छ । तीमध्ये स्थानीय सरकारले जनतासँग प्रत्यक्ष सरोकार राख्छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार क्षेत्रभित्र बङ्गुर तथा सुँगुरको खोर हटाउन उर्दी गरिएको छ । बजार क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका बङ्गरको खोर तथा संरचना हटाउन फुङ्लिङ नगरपालिकाले उर्दी गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरिएको गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४७.८१ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएकोमा त्यतिबेला थुप्रै टिप्पणी सतहमा आएका थिए । धेरै जसो सरोकारवाला समूहले एसइईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुको प्रमुख जिम्मेवार समू
सत्यवति गाउँपालिकाले उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । कार्यसम्पादनमा प्रथम जनता मावि अस्लेवालाई नगद तीन लाख र द्वितीय सत्यवति माविलाई दुई लाखसहित सम्मान गरिएको हो ।
सरकारी अड्डाबाट छिटोछरितो र समयमा सेवा लिन सिधै वा ‘बिचको मानिस’ मार्फत खर्च नगरी हुँदैन भन्ने आमबुझाइ छ । आमरूपमा यो सत्य भए पनि सबै राजनेता र कर्मचारी लालची र बिकाउ छैनन्, इमानदार र नैतिकवान् पनि छन् । सरकार वा सार्वजनिक सेवा मात्र भ्रष्टाचारबाट गाँजि
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।