हुम्लाको सर्केगाड गाउँपालिकादेखि सुर्खेत पुग्न एक दिन लाग्ने दुरीमा बर्खामा सडक बिग्रिँदा तीन दिन लगाएर पुग्नुपर्ने बाध्यता छ । हुम्ला, बाजुरा र कालीकोट खण्डको सडकमा ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध गर्दा पैदल यात्रा सकसपूर्ण र अत्यासलाग्दो हुने गरेको हो ।
देवघाटका लक्ष्मण भण्डारीको बुवा एकाएक थला पर्नुभएपछि उहाँले चार महिनासम्म योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, वागेश्वरीमा राखेर उपचार गराउनुभयो । चिकित्सकको निगरानीमा आवासीय
घर घरमा धारा बनेपछि घन्टौँको दुरीमा लाइन बसेर पिठिउँमा पानी बोक्नुपर्ने बाध्यता अमरगढी नगरपालिकावासीको अन्त्य भएको छ ।
गुल्मीमा निर्माण व्यवसायीले गुणस्तरहीन संरचना निर्माण गरेको भन्दै पालिकाले भत्काएको छ ।
बक्राहा, चिसाङ, डाँस र लोहन्द्रा खोलामा आउने बाढीका कारण मोरङका नौ वटा पालिकाका १८ वटा वडा बाढीको उच्च जोखिममा रहेका छन् । मोरङका मिक्लाजुङ गाउँपालिका, पथरी शनिश्चरे, रतुवामाई, लेटाङ, बेलबारी, रङ्गेली
कैलाली प्रहरीले लाखौँको गरगहना र विभिन्न देशका मुद्रा भारतीय नागरिकलाई फिर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालयले भारतको बेङ्गलुरुस्थित कर्नाटक सहर बस्ने एस. रमेशबाबुलाई गरगहना र मुद्रा बिहीबार फिर्ता गरेको हो ।
रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुट्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
घोडाघोडी ताल तराईकै ठुलो सिमसार क्षेत्रका रूपमा रहेको छ । जैविक विविधताले महत्वपूर्ण घोडाघोडी तालमा रुख नासिएसँगै हरिहाँसको सङ्ख्या घट्न थालेको छ । घोडाघोडी संरक्षणका लागि सन् १९९२ सालदेखि विभिन्न निकायले काम गर्दै आएका छन् ।
अछामी नौमुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । विश्वको सबैभन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौमुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको हो ।
माथिको कविता आदिकवि भानुभक्त आचार्यले ससुराली मानहुँ पुगेर पैदल बाटो फक्रिने क्रममा घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रेरणा पाएर रचना गर्नुभएको थियो ।
नेपालको संरक्षित क्षेत्रमा ठुलो लगानीमा वन्यजन्तुका बच्चा हुर्काउने गरिएकोमा कैलालीको नदीमा तीन महत्वपूर्ण जलप्राणीले प्राकृतिक रूपमा बच्चा हुर्काइरहेका छन् । डल्फिन, घडियाल गोही र मगर गोहीले प्राकृतिक रूपमा बच्चा हुर्काइरहेका छन् ।
काठमाडौ महानगर ३२ स्थित कोटेश्वर क्षेत्रका विभिन्न सङ्घ संस्थालाई विपत् व्यवस्थापन सामग्री प्रदान गरिएको छ ।
“असार–साउन महिनामा सडकमा धुलो उड्नुलाई किसानका लागि राम्रो मानिदैन, त्यसले ‘रौदी’ अर्थात् खडेरीको सङ्केत गर्छ’’ रुपनी गाउँपालिका–४ का ७८ वर्षीय किसान बिन्हाई खंगको यो भनाइले मधेशमा धान रोपाइँको अवस्था र स्थितिलाई चित्रण गरेको छ ।
धवलागिरि गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण गरेको हो ।