• २९ असार २०८२, आइतबार

विपत् व्यवस्थापनको सामग्री हस्तान्तरण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २९ गते । काठमाडौ महानगर ३२ स्थित कोटेश्वर क्षेत्रका  विभिन्न सङ्घ संस्थालाई  विपत् व्यवस्थापन सामग्री प्रदान गरिएको छ । शनिबार यहाँ आयोजित सामग्री हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा सो क्षेत्रबाट निर्वाचित बागमती प्रदेश सांसद सुनील केसी र दीपनगर टोल सुधार समिति, कोटेश्वरका अध्यक्ष नानीकाजी केसीले संयुक्त रूपमा सो सामग्री प्रदान गर्नुभयो । सांसद केसी र ओम चाहबिल डेन्टल हस्पिटलको सहयोगमा सो सामग्री वितरण गरिएको हो ।

  प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलगायत विभिन्न प्रहरी बिट र सो क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्थालाई आगो निभाउने सामग्री १० वटा, स्ट्रेचर, डोरी, ट्युब, थ्रो ब्याग, टर्चलाइट, हेलमेटलगायतका सामग्री वितरण गरिएको हो । त्यसै गरी सो क्षेत्रमा चौबिसै घण्टा निःशुल्क सेवा दिन एम्बुलेन्स सेवा सुरु गरिएको छ  सो अवसरमा निखिलेश्वर मन्दिर संरक्षण समाजका अध्यक्ष हंशराज वाग्ले र महासचिव दिलीप अधिकारी, कोटेश्वर प्रहरी वृत्तका प्रहरी निरीक्षक यज्ञराज भट्ट, ओम चाबहिल डेन्टल हस्पिटल कोटेश्वरका सञ्चालक कृष्ण घिमिरे, समाजसेवी उत्तम भण्डारी, दिनेश वनलगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।